National life

नेको इन्स्योरेन्सको ‘स्टुडेन्ट इन्टरनेश्नल हेल्थ प्लस बीमा’ योजना सार्वजनिक

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|०७ मंसिर २०८२, आइतबार
826Shares
नेको इन्स्योरेन्सको ‘स्टुडेन्ट इन्टरनेश्नल हेल्थ प्लस बीमा’ योजना सार्वजनिक
ncell

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले ‘स्टुडेन्ट इन्टरनेश्नल हेल्थ प्लस बीमा’ योजना सार्वजनिक गरेको छ । विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुलाई लक्षित गर्दै कम्पनीले बीमा योजना सार्वजनिक गरेको हो ।

बीमा योजनामा विद्यार्थी मात्रै नभई अभिभावकहरुको समेत जोखिम बहन गर्नेछ । कम्पनीले सार्वजनिक गरेको बीमा योजनामा विभिन्न ७ वटा फाइदा रहेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कम्पनीले विदेश अध्ययन गर्न जाने विद्यार्थीका लागि १६० अमेरिकी डलर ९२२ हजार ९०७ रुपैयाँ० प्रिमियम तोकेको छ ।

यो योजना अन्तर्गत विद्यार्थीको ट्यूशन फी ५० हजार डलर, लिभिङ कष्ट २५ सय डलर, २५ हजार डलर बराबरको स्वास्थ्य बीमा प्राप्त गर्न सकिनेछ । व्यक्तिगत दुर्घटना बीमाका लागि २५ हजार डलर बराबरको सुविधा पाइनेछ ।

विद्यार्थीको मृत्यु भएमा २ हजार डलरसम्मको सदगती सहयोग गर्नेछ । १ लाख ५० हजारसम्मको लोन किस्ता सुविधा प्राप्त हुनेछ । ५० हजार डलरसम्मको परिवारको सदस्यहरुको व्यक्तिगत जिवन बीमा  हुनेछ ।

उच्च शिक्षाका लागि विदेश अध्ययन गर्न जानेका लागि एउटै बीमा लेखबाट ७ वटा सुविधा उपलब्ध गराउनेगरी योजना ल्याइएको नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० अशोक कुमार खड्काले बताए ।

उनले भने, “वैदेशिक अध्ययनमा जानेका लागि यो बीमा योजना सबैभन्दा उत्कृष्ट बीमा योजना हो, यसबाट ढुक्क भएर विद्यार्थी तथा अभिभावकहरु वैदेशिक अध्ययनमा जान सक्नेछन्।”

यो समाचार शेयर गर्नुहोस्
826SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?