काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले भदौ २३–२४ गते जेन्जी आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड र त्यसले पुर्याएको व्यापार, सवारी साधन, मानविय र अन्य सम्पत्तिमा नोक्सानीको दावी प्रक्रिया छिटो र सहज बनाउन कर्मचारीहरू नियुक्त गरेको छ। कम्पनीले ग्राहकहरूले आफ्नो दावी छिटो र सहज रूपमा पक्रन सकून् भनेर यो कदम उठाएको जनाएको छ।
कम्पनीका अनुसार दावी सहजीकरणका लागि निम्न कर्मचारीहरू प्रदेश अनुसार जिम्मेवारी सम्हाल्नेछन् :
बागमती प्रदेश र केन्द्रीय कार्यालय : विरन सिंह गडतौला
कोशी प्रदेश : सरोज पोखरेल
मधेश प्रदेश : सुरज कुमार भट्टराई
गण्डकी प्रदेश : धिरज थापा
लुम्बिनी प्रदेश : रमेश बहादुर थापा
सुदूरपश्चिम प्रदेश : भरत बहादुर रावल
कर्णाली प्रदेश : रमेश राज शर्मा
ग्राहकहरूले दावीसम्बन्धी जानकारी र सहयोगका लागि claim@neco.com.np इमेलमार्फत पनि सम्पर्क गर्न सक्नेछन्।






































