National life

जेनजी आन्दोलनमा भएको तोडफोडको बीमा दाबी २५ अर्ब कट्ने आकलन, भुक्तानी तीव्र बनाउने तयारी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३१ भदौ २०८२, मङ्गलबार
530Shares

काठमाडौँ ।  जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भौतिक संरचनामा पुगेको क्षतिको बिमा दाबीको संख्या तीव्रगतिमा बढेको छ। नेपाल बिमक संघले प्रकाशित गरेको एक विवरण अनुसार सबै निर्जीवन बिमा कम्पनीमा करिब २५ अर्ब रुपैयाँ बराबरको दाबी परेको अनुमान गरिएको छ ।

संघका अनुसार गत मंगलबार र बुधबारदेखि बिमा दाबी आउन थालेको हो। हालसम्म एक हजारभन्दा बढी दाबी परेका छन्।

ncell
3 ad - 1
3 ad - 2
3 ad - 3
यो क्रम अझ बढ्ने अनुमान गरिएको छ। छिटो भुक्तानीका उपायबारे नेपाल बिमा प्राधिकरणले आइतबार बिमा कम्पनीहरूसँग छलफल गरेको छ।

संघका निवर्तमान अध्यक्ष तथा सगरमाथा लुम्बिनीका सिइओ चंकी क्षेत्रीका अनुसार, प्राधिकरणले तीन दिनभित्र कम्पनीहरूबाट राय मागेको र प्राप्त सुझावका आधारमा नीतिगत व्यवस्थासहित निर्देशन जारी गरिने छ। प्राधिकरणले यसअघि हप्तामा एकपटक मात्रै तथ्यांक संकलन गर्दै आएको भए पनि, असोज २ गतेदेखि दैनिक रूपमा तथ्यांक संकलन गर्ने तयारीमा थालेको छ । संघले संकलन गरेको तथ्यांक प्राधिकरणमा पठाइसकेको दाबी गरेको भएपनि यता बीमा प्राधिकरणले भने हालसम्म सबै कम्पनीबाट पूर्ण विवरण प्राप्त भई नसकेको जानकारी दिएको छ ।

नेपाल बिमक संघले क्षतिको विवरण तुरुन्तै सम्बन्धित बिमा कम्पनीमा पठाइ सहयोग पुर्‍याउन बिमित र ग्राहकलाई आग्रह गरेको छ । संघले यस परिस्थितिलाई मध्यनजर गर्दै बिमा दाबी र भुक्तानी प्रक्रिया छिटो र सहज तरिकाले टुंग्याउन अनुरोध गरेको हो।  बिमितले बिमा भुक्तानी पाएपनि उक्त रकम पुनर्बिमा (re-insurance) मार्फत अन्य बिमा कम्पनीबाट फिर्ता प्राप्त हुने प्रक्रिया रहेको छ। यसरी पुनर्बिमा प्रणालीमार्फत सबै दाबी व्यवस्थित रूपमा व्यवस्थापन हुने व्यवस्था रहेको बिमा संघले जनाएको छ।

Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
530SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?