काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नं १४ र १५ का चेपाङ समुदायलाई लक्षित गरी अत्यावश्यक खाद्य सामग्री वितरण गरेको छ ।
बैंकका वागमती प्रदेश प्रमुख सुशिल राज श्रेष्ठले समुदायका त्रिसठ्ठी परिवारलाई उक्त खद्य सामग्री हस्तान्तरण गरेका थिए । बैंकले विपन्न तथा पिछडिएका वर्गहरूका लागि यस किसिमको कार्यक्रम गर्दै आएको छ ।
नेपाल एसबिआई बैंकले विगत ३१ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आइरहेकोे छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, २२ शाखा रहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र एउटा कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।






































