National life

नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारीविरुद्ध तीन वटा भ्रष्टाचारको मुद्दा दायर

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ जेठ २०८२, सोमबार
452Shares
नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारीविरुद्ध तीन वटा भ्रष्टाचारको मुद्दा दायर
ncell

काठमाडौँ। नेपाल बैंक लिमिटेडका पूर्वअध्यक्ष डा.चन्द्रबहादुर अधिकारीविरुद्ध तीन वटा भ्रष्टाचारको मुद्दा दायर भएको छ। अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा तीन वटा मुद्दा दर्ता गरेको हो ।

उनीमाथि कर्जा प्रवाहका क्रममा घुस र कमिसन लिएको लगायत आरोप छन् ।

Royal Enfield
nic asia capital
उनले आफ्ना चालक उमेश महर्जनमार्फत ऋणीहरूबाट कर्जाबापत कमिसन संकलन गरेको अनुसन्धानबाट पत्ता लागेको अख्तियारको दाबी छ ।

अख्तियारले गत वर्ष माघ २९ गते अधिकारीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो । अख्तियारको छानबिनपछि नेपाल राष्ट्र बैंकले पनि अधिकारीमाथि कारबाही गरेको छ ।

अख्तियारले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेपछि राष्ट्र बैंकले अधिकारीलाई अध्यक्षबाट हटाउन नेपाल बैंक लिमिटेडको सञ्चालक समितिलाई निर्देशन दिएको थियो।

यो समाचार शेयर गर्नुहोस्
452SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?