National life

नेपाल माइक्रो इन्स्योरेन्सको नाफा झण्डै आधा घट्यो, प्रिमियम संकलनमा भने तीव्र वृद्धि

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ साउन २०८२, बिहिबार
484Shares
नेपाल माइक्रो इन्स्योरेन्सको नाफा झण्डै आधा घट्यो, प्रिमियम संकलनमा भने तीव्र वृद्धि
ncell

काठमाडौँ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद नाफा चालू आर्थिक वर्षको अन्त्यसम्म आइपुग्दा ४३.९१ प्रतिशतले घटेको छ। कम्पनीले हालसम्म जम्मा १६ लाख ५७ हजार रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको २९ लाख ५४ हजार रुपैयाँको तुलनामा झण्डै आधा हो।

प्रिमियम संकलनमा भने कम्पनीले उल्लेखनीय प्रगति गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस अवधिमा कम्पनीले ७ करोड ६० लाख रुपैयाँ प्रिमियम संकलन गर्न सफल भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ३१०.३६ प्रतिशतले बढी हो।

यद्यपि, लगानी आम्दानी घट्नु र दाबी भुक्तानी बढ्नुले कम्पनीको नाफामा नकारात्मक असर पारेको देखिन्छ। कम्पनीको लगानी आम्दानी १३.०६ प्रतिशतले घटेर ३ करोड ९७ लाख रुपैयाँमा सीमित भएको छ। साथै, कम्पनीले यस वर्ष ५ करोड ३८ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ, जुन अघिल्लो वर्षको ६६ लाख रुपैयाँको तुलनामा ७०७.५४ प्रतिशतले बढी हो।

वर्तमानमा कम्पनीको चुक्तापूँजी ७५ करोड रुपैयाँ छ। बीमा कोषमा १७ करोड १९ लाख रुपैयाँ र महाविपत्ती कोषमा ४ लाख रुपैयाँ मात्र संचित छ।

यो अवधिसम्म कम्पनीको प्रति शेयर आम्दानी ३४ पैसाबाट २२ पैसामा झरेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ ९९.८६ रुपैयाँ रहेको छ भने कायम बीमा पोलिसी संख्या १ लाख ६ हजार ५५३ पुगेको छ।

यो समाचार शेयर गर्नुहोस्
484SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?