काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना सेयरधनीहरुलाई लाभांश नबाँड्ने भएको छ ।
कम्पनीले आर्थिक वर्ष २०७८/७९ का लागि कुनै पनि लाभांश नदिने घोषणा गरेको हो ।
कम्पनीको माघ ७ गते बसेको सञ्चालक समितिको बैठकले आव २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई कुनै लाभांश वितरण नगर्ने र यस अवधिको वित्तीय विवरण स्वीकृतीका लागि बीमा प्राधिकरणमा पेश गर्ने निर्णय गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा १५ .७९ प्रतिशत लाभांश दिएको थियो ।




































