National life
cg eloctronics

नेपाल लाइफका बीमितलाई अवसर, व्यतित बीमालेख नवीकरणमा छुट

नेपाल लाइफको अफर: बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा ३०% सम्म छुट

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|१० कात्तिक २०८३, मङ्गलबार
1.8kShares
नेपाल लाइफका बीमितलाई अवसर, व्यतित बीमालेख नवीकरणमा छुट
muktinatha bikash bank

काठमाडौं । लामो समयदेखि नवीकरण बीमाशुल्क भुक्तानी नगरेका ग्राहकलाई लक्षित गर्दै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विलम्ब शुल्कमा ३० प्रतिशतसम्म छुट दिने योजना सार्वजनिक गरेको छ।

कम्पनीले कात्तिक १० देखि मंसिर २४ गतेसम्म बक्यौता बीमाशुल्क भुक्तानी गरी बीमालेख नवीकरण गर्ने ग्राहकलाई यो सुविधा उपलब्ध गराउने जनाएको छ। १८० दिनभन्दा बढी समयदेखि नवीकरण नभएका बीमालेखमा मात्र योजना लागू हुनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3

कम्पनीले बीमालेख नवीकरण हुन बाँकी रहेको अवधिका आधारमा विलम्ब शुल्कमा फरक–फरक दरले छुट दिने व्यवस्था गरेको छ। तीन वर्षसम्म नवीकरण नभएका बीमालेखमा विलम्ब शुल्कको ३० प्रतिशत छुट पाइनेछ।

त्यस्तै, तीन वर्षभन्दा बढी र पाँच वर्षसम्म नवीकरण नभएका बीमालेखमा २५ प्रतिशत तथा पाँच वर्षभन्दा बढी समयदेखि नवीकरण नभएका बीमालेखमा २० प्रतिशत छुट दिइने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यो सुविधा बक्यौता बीमाशुल्कमा नभई बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा मात्रै लागू हुनेछ।

everest bank

योजनामा छुटको दुरुपयोग रोक्न केही सर्तसमेत राखिएको छ। छुट सुविधामार्फत बीमालेख पुनर्जागरण गराएको मितिले एक वर्षभित्र बीमितले बीमालेख समर्पण गरेमा छुटबाट प्राप्त भएको सम्पूर्ण रकम कट्टा गरिनेछ।

यसैगरी, एकपटक विलम्ब शुल्कमा छुट लिइसकेको बीमालेखमा बीमितले सोही बीमालेखको पूरा अवधिभर पुनः यस्तो सुविधा लिन पाउने छैनन्।

लामो समयदेखि नवीकरण हुन नसकेका बीमालेखलाई पुनः सक्रिय बनाउन र ग्राहकलाई बक्यौता भुक्तानी गरी बीमा निरन्तरता दिन सहज बनाउने उद्देश्यले कम्पनीले यो योजना ल्याएको हो।

यो समाचार शेयर गर्नुहोस्
1.8kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?