National life

नेपाल लाइफ र राउन्ड टेबल नेपालको सहकार्यमा सगरमाथाबाट ५,००० किलो फोहोर संकलन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ भदौ २०८२, शुक्रबार
500Shares
नेपाल लाइफ र राउन्ड टेबल नेपालको सहकार्यमा सगरमाथाबाट ५,००० किलो फोहोर संकलन
ncell

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले राउन्ड टेबल नेपालसँगको सहकार्यमा ‘प्रोजेक्ट केयर’ अभियान अन्तर्गत सगरमाथा क्षेत्रबाट ५,००० किलोग्राम फोहोर संकलन गरेको छ।

कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा आयोजित विशेष समारोहमा राउन्ड टेबल नेपालका अध्यक्ष प्रवेश अग्रवालले संकलित फोहोरको प्रतिवेदन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीलाई हस्तान्तरण गरे। कार्यक्रममा नेपाल लाइफका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, राउन्ड टेबल नेपालका पूर्वअध्यक्ष नितेश कुमार अग्रवाल, सगरमाथा प्रदूषण नियन्त्रण समिति र खालिसीसीका प्रतिनिधिहरुको समेत उपस्थिति थियो।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पराजुलीले नेपाल लाइफले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वातावरण संरक्षण तथा सगरमाथाको सौन्दर्य जोगाउने उद्देश्यले अभियानमा सहकार्य गरेको बताए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
पहिलो चरणमा ५,००० किलो फोहोर संकलन भइसकेको र यस अभियानमा संलग्न सबै सरोकारवालालाई धन्यवाद दिँदै उनले भविष्यमा पनि यस्ता पहललाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

“सगरमाथा नेपाल मात्र होइन, विश्वकै गौरव हो। यसको संरक्षण सबैको साझा जिम्मेवारी हो,” पराजुलीले भने।

त्यसैगरी, राउन्ड टेबल नेपालका अध्यक्ष अग्रवालले यसपटक संकलित ५,००० किलो फोहोरपछि अर्को चरणमा २५,००० किलो फोहोर व्यवस्थापन गर्ने योजना रहेको बताए। उनले शिक्षा, स्वास्थ्य र वातावरणका क्षेत्रमा राउन्ड टेबल नेपालको निरन्तर क्रियाशीलता उल्लेख गर्दै सगरमाथा सफाइ अभियानलाई दीर्घकालीन रूपमा अघि बढाउने प्रतिबद्धता जनाए।

सगरमाथा क्षेत्रमा पर्वतारोहीहरूको बढ्दो आगमनसँगै फोहोर बढ्ने क्रमलाई ध्यानमा राख्दै, अग्रवालले यस पटक संकलित फोहोरमध्ये कुहिने फोहोर आधार शिविरभन्दा तल गाडिएको र नकुहिने फोहोर ३० किलोको झोलामा हालेर काठमाडौं ल्याइएको जानकारी दिए। उक्त फोहोरलाई खालिसीसीको सहयोगमा रिसाइकल गरिने योजना रहेको उनले स्पष्ट पारे।

नेपाल लाइफ र राउन्ड टेबल नेपालको यो सहकार्य हिमाल क्षेत्रको वातावरणीय संरक्षणतर्फको एक महत्वपूर्ण कदम हो। साना प्रयासहरूले पनि ठूलो असर पार्न सक्ने विश्वास व्यक्त गर्दै, अग्रवालले अभियानमा संलग्न सबै पक्षलाई धन्यवाद दिए।

सगरमाथा, संसारकै सर्वोच्च शिखर, हरेक वर्ष हजारौं आरोहीहरूलाई आकर्षित गर्छ। तर, मानव गतिविधिको वृद्धिसँगै यस क्षेत्र फोहोरको थलो बन्न थालेको छ। त्यागिएका टेन्ट, अक्सिजन सिलिन्डर, खाद्य सामग्रीका प्याकेट, मानव फोहोर र आरोहण उपकरणहरूका कारण यसको प्राकृतिक सौन्दर्य जोखिममा परेको छ। यही सन्दर्भमा ‘विश्वकै सबैभन्दा अग्लो फोहोर थलो’ बन्न नदिन नेपाल लाइफले प्रोजेक्ट केयर अभियानमा सहकार्य गरेको हो।

यो समाचार शेयर गर्नुहोस्
500SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?