काठमाडौं । नेप्सेमा फेरि दोस्रो सर्किट लागेको छ । अब करोबार ४० मिनेटका लागि बन्द भएको छ । १ बजेभन्दा अघि नै ५ प्रतिशतले बजार बढेमा ४० मिनेटका लागि कारोबार स्थगित हुने प्रावधान छ । यसैअनुसार नेप्सेमा पुनः दोस्रोपटक सकारात्मक सर्किट लागेको हो ।
११ बजेर २७ मिनेट जाँदा नेप्सेमा दोस्रो पटक सर्किट लागेको हो । दोस्रो पटक बजार खुलेको करिब २ मिनेटमै पुनः सर्किट लागेको थियो ।
यस अघि २० मिनेटको कारोबार स्थगनपछि सेयर बजार पुनः खुलेको थियो । बजार खुलेको करिब ५ मिनेटमै नेप्से ४ प्रतिशतले बढेपछि २० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो । करिब ११ बजेर २५ मिनेटपछि बजार पुनः सुचारु भएको थियो ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गरेपछिको पहिलो दिन आज विहानैदेखि नेप्सेमा उछाल आएको छ । लामो समयदेखि निराश लगानीकर्ताहरुले हालसम्मकै ऐतिहासिक रेडर्क कायम गर्ने नेप्सेको बृद्धि भएसँगै कारोबार स्थगित हुन पुगेको छ ।
































