National life

पशुपति बचत तथा ऋण सहकारी संस्था समस्याग्रस्त घोषणा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०८ साउन २०८०, सोमबार
719Shares
पशुपति बचत तथा ऋण सहकारी संस्था समस्याग्रस्त घोषणा
ncell

काठमाडौं । पशुपति बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको आइतबारको मन्त्रिस्तरीय निर्णयले पशुपति सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो ।

ललितपुरको कुमारीपाटीमा मुख्य कार्यालय रहेको पशुपति बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गर्दै मन्त्रालयले सहकारी व्यवस्थापन समितिको कार्यलयलाई पत्राचार गरेको छ । सहकारी विभागले विभागले गत फागुन २९ गते समस्याग्रस्त घोषणा गर्न मन्त्रालयलाई सिफारिस गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

लामो समयदेखि बचतकर्ताको बचत फिर्ता नगरेपछि सहकारी विभागले पशुपति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सिबी लामालगायत सञ्चालकलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई जेठ १९ गते नै पत्राचार गरिसकेको छ ।

विभागले सीआईबीलाई पत्र पठाएको केही समयमा नै बचत फिर्ता लिएर बोलाएर कतै बचतकर्तालाई झुक्याउन त खोजेको हैन भन्ने अन्यौलता पनि सिर्जना भएको उल्लेख छ ।

विभागले सहकारीका अधयक्षलगायत पदाधिकारीलाई पटक–पटक स्पष्टीकरण सोधेको तर जवाफ चित्त नबुझेपछि पक्राउका लागि पत्रचार गरेको बताएको छ ।

सहकारीले बचतकर्ताको पैसा लिएर फिर्ता नगरेको भन्दै साढे ३ वर्षदेखि विभागमा उजुरी गुनासो आउने क्रम बढेको थियो । उजुरी र गुनासो बढेपछि विभागले अध्यक्षलगायत सञ्चालकलाई बचतकर्ताको पैसा फिर्ता गर्न तथा संस्थालाई सहकारी ऐन र नियमावलीअनुसार सञ्चालन गर्न पटक-पटक लिखित तथा मौखिक निर्देशन दिँदै आएको थियो ।

कुनै पनि निर्देशन पालना गर्न अटेर गरेको तथा बचतकर्ताको पैसा फिर्ता नदिएकाले पक्राउका लागि पत्राचार गरिएको विभागले जनाएको छ ।

कुनै सहकारीले बचतकर्ताको बचत फिर्ता गर्न नसकेमा, संस्था समस्यामा परेमा विभागको सिफारिसमा मन्त्रालयले समस्याग्रस्त घोषणा गर्ने गरेको छ । मन्त्रालयले घोषणा गरेपछि सहकारी व्यवस्थापन समितिको कार्यालयले थप काम अघि बढाउने छ ।

अहिलेसम्म सहकारीले ठगेको भन्दै ५३ करोड रुपैयाँभन्दा बढीको माग दाबी विभागमा परेको बताइएको छ । विभाग स्रोतका अनुसार करिब १ अर्ब रुपैयाँ जति बचत फिर्ता गर्न बाँकी देखिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
719SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?