National life

पहिलो त्रैमासमै आइएमई लाइफको दमदार प्रदर्शन , नाफा र बीमाशुल्क दुबै उकालो

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|२५ कात्तिक २०८२, मङ्गलबार
1.1kShares
पहिलो त्रैमासमै आइएमई लाइफको दमदार प्रदर्शन , नाफा र बीमाशुल्क दुबै उकालो
ncell

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १५ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार यो नाफा अघिल्लो वर्षको सोही अवधिको १४ करोड ५० लाख रुपैयाँ नाफाभन्दा ९.१७ प्रतिशतले वृद्धि भएको हो।

समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन पनि उल्लेखनीय रूपमा बढेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अघिल्लो वर्षको पहिलो तीन महिनामा १ अर्ब १६ करोड ४२ लाख रुपैयाँ रहेको खुद बीमाशुल्क यस वर्ष ३१.९६ प्रतिशतले वृद्धि भई १ अर्ब ५३ करोड ६३ लाख रुपैयाँ पुगेको कम्पनीले जनाएको छ।

त्यसैगरी, सोही अवधिमा कम्पनीको कुल आम्दानी अघिल्लो वर्षको १ अर्ब ५८ करोड १ लाख रुपैयाँबाट २५.३३ प्रतिशतले बढेर १ अर्ब ९८ करोड ३ लाख रुपैयाँ पुगेको छ। यद्यपि, कुल खर्च पनि १ अर्ब ४३ करोड ५१ लाख रुपैयाँबाट २६.९६ प्रतिशतले बढ्दै १ अर्ब ८२ करोड २० लाख रुपैयाँ पुगेको विवरणमा उल्लेख छ।

कम्पनीको जीवन बीमाकोष पनि तीव्र गतिमा विस्तार भएको छ। अघिल्लो वर्षको असोज मसान्तमा १० अर्ब ७ करोड ४२ लाख रुपैयाँ रहेको बीमाकोष चालू आवको सोही अवधिमा ४०.८२ प्रतिशतले बढेर १४ अर्ब १८ करोड ६२ लाख रुपैयाँ पुगेको हो।

समीक्षा अवधिमा कम्पनीले आफ्ना अभिकर्ताहरूलाई १३ करोड १४ लाख रुपैयाँ बराबरको कमिशन प्रदान गरेको छ, जुन अघिल्लो वर्षको १० करोड ८३ लाख रुपैयाँभन्दा २१.३३ प्रतिशतले बढी हो। कम्पनीको प्रतिशेयर आम्दानी (EPS) अघिल्लो वर्षको ११ रुपैयाँ ६० पैसा रहेकोमा यस वर्ष १२ रुपैयाँ ६७ पैसा पुगेको छ। ५ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको महाविपत्ति कोषमा २७ करोड ८६ लाख रुपैयाँ, जगेडा कोषमा ८६ करोड २६ लाख रुपैयाँ, र प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ ४१ पैसा कायम भएको कम्पनीले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?