National life
cg eloctronics

पाँच महिनामा लघु जीवन बीमाको प्रिमियम ४२ करोड नाघ्यो, क्रेष्ट माइक्रो लाइफ अग्रस्थानमा

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|१३ पुस २०८२, आइतबार
1.4kShares
पाँच महिनामा लघु जीवन बीमाको प्रिमियम ४२ करोड नाघ्यो, क्रेष्ट माइक्रो लाइफ अग्रस्थानमा
muktinatha bikash bank

काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनासम्म लघु जीवन बीमा कम्पनीहरूले कुल ४२ करोड २६ लाख रुपैयाँ बराबरको बीमाशुल्क (प्रिमियम) संकलन गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार हाल सञ्चालनमा रहेका तीनवटै लघु जीवन बीमा कम्पनीको व्यवसायमा क्रमिक वृद्धि देखिएको छ।

समीक्षा अवधिमा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सबैभन्दा बढी बीमाशुल्क संकलन गर्दै अग्रस्थान कायम गरेको छ। कम्पनीले पाँच महिनाको अवधिमा १५ करोड ४० लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

त्यस्तै, मंसिर मसान्तसम्म गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १४ करोड ७२ लाख रुपैयाँ बराबरको कुल बीमाशुल्क संकलन गरेको छ। लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पनि पाँच महिनाको अवधिमा १२ करोड १३ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ।

हाल नेपालमा तीनवटा मात्र लघु जीवन बीमा कम्पनी सञ्चालनमा रहेका छन्। सीमित संख्याका कम्पनी भए पनि ग्रामीण तथा न्यून आय वर्गलाई लक्षित गर्दै लघु जीवन बीमाको पहुँच विस्तार हुँदै गएको देखिन्छ।

everest bank

यता मंसिर महिनाको मात्र तथ्यांक हेर्दा पनि तीनै कम्पनीको कारोबार सन्तोषजनक देखिएको छ। मंसिरमा क्रेष्ट माइक्रो लाइफले ३ करोड ८३ लाख रुपैयाँ, गार्डियन माइक्रो लाइफले ३ करोड १४ लाख रुपैयाँ र लिवर्टी माइक्रो लाइफले २ करोड ५७ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन्।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?