काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीहरुलाई चुक्तापूँजी वृद्धि गर्न निर्देशन दिएको छ । प्राधिकरणको बोर्ड बैठकले हिमालयन रि इन्स्योरेन्स र नेपाल पुनर्बीमालाइ पूँजी वृद्धि गर्न निर्देशन दिएको हो ।
सरकारी स्वामित्वको नेपाल रि र हिमालयन रि ले २०८१ माघ मसान्तसम्म पूँजी वृद्धि योजना प्राधिकरणमा पेश गर्नुपर्ने कार्यकारी निर्देशक राजु रमण पौडेलले बताए । प्राधिकरणले दिएको निर्देशन बमोजिम दुई पुनर्बीमा कम्पनीले एक वर्षभित्र २० अर्ब रुपैयाँ चुक्तापूँजी पुर्याउनुपर्नेछ ।
हाल नेपाल पुनर्बीमा काम्पनीको चुक्तापूँजी १२ अर्ब ३१ करोड ८५ लाख रुपैयाँ छ । त्यस्तै, हिमालयन रि को चुक्तापूँजी १० अर्ब छ । प्राधिकरणको निर्देशन बमोजिम नेपाल रि ले ७ अर्ब ६८ करोड १५ लाख रुपैयाँ पूँजी वृद्धि गर्नुपर्ने देखिन्छ भने हिमालयन रि ले १० अर्ब पूँजी वृद्धि गर्नुपर्ने हुन्छ ।





































