National life

प्रचण्डको स्पष्टीकरण : प्रधानमन्त्रीको हैसियतमा त्यस्तो नबोल्नुपर्ने थियाे, थोरै भावनामा आएँ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२५ असार २०८०, सोमबार
439Shares
प्रचण्डको स्पष्टीकरण : प्रधानमन्त्रीको हैसियतमा त्यस्तो नबोल्नुपर्ने थियाे, थोरै भावनामा आएँ
ncell

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक कार्यक्रममा दिएको अभिव्यक्तिमा आफ्नो कमजोरी भएको बताएका छन् । उनले सोमबार प्रतिनिधिसभामा स्पष्टीकरण दिँदै यस्ताे बताएका हुन् ।

आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह धेरै पटक भारत गएको भन्ने अभिव्यक्तिका कारण नेकपा एमालेले संसद अवरुद्ध गरेपछि उनले सोमबार स्पष्टीकरण दिएका हुन् ।

आफ्नी जेठी छोरी ज्ञानु क्यान्सरका कारण जीवनमरणको दोसाँधमा रहेका बेला छोरा प्रकाशले दिल्ली लगेको र त्यसक्रममा प्रितम सिंहको घरमा बसेर उपचार गराएको प्रचण्डले बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यसक्रममा सरदार सिंहले प्रधानमन्त्री तपाई नै हुनुपर्छ भनेको बताए । उनले भने, ‘उहाँले भनेर प्रधानमन्त्री हुनेवाला पनि थिएन, मैले प्रधानमन्त्री बनाइदिनुस् भन्ने कुरा पनि भएन ।’

हालै सिंहको विषयमा लेखिएको पुस्तक विमोचनका कार्यक्रममा बोल्ने क्रममा आफूले छोरी ज्ञानु बेडमा सुतिरहेको सम्झिएको उनले सुनाए ।

‘यहाँहरु सबैलाई थाहा छ, म सेन्टिमेन्टल छु । यति त प्रचण्ड भयो अब गर्नुहुन्छ के ?’ प्रचण्डले अगाडि भने, ‘थोरै भावनामा आएँ । मैले त्यो नभनेको भए हुन्थ्यो, तर मनमा आयो, मैले भनेँ ।’

प्रधानमन्त्री प्रचण्डले आफुले बोलेको विषय भावनात्मक भएको बताए । उक्त अभिव्यक्ति प्रधानमन्त्रीको हैसियतमा नभएर छोरी ज्ञानुको बुबाको हैसियतमा बोलेको बताए ।

उनले प्रधानमन्त्रीको हैसियतमा आफूले त्यस्तो नबोल्नुपर्ने पनि बताए । उनले भने, ‘तर म त्यो दिन प्रधानमन्त्री भएर बोलिन । म ज्ञानुको बुबा भएर बोल्न पुगेँ । त्यो सेन्टिमेन्ट सम्झिन पुगेँ । प्रितम सिंहको सदासयताको निम्ति धन्यवाद दिन पुगे ।’

त्यस्तै प्रधानमन्त्री प्रचण्डले नेकपा एमालेले आफूलाई स्पष्टीकरणको मौका समेत नदिएको भन्दै असन्तुष्टि जनाए । उनले एमालेलाई सोधे, ‘स्पष्टीकरणको मौका पनि नदिई राजीनामा ? के त्यही स्तरको हो त्यो (मेरो अभिव्यक्ति) ?’

उनले प्रतिपक्षले राजीनामा माग्नेवित्तिकै दिनुपर्ने हो भन्ने प्रश्न पनि गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले एक कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह धेरै पटक दिल्ली गएको भन्ने अभिव्यक्ति दिएपछि एमालेले राजीनामा मागेर संसद अवरुद्ध गरेको थियो ।

 

 

यो समाचार शेयर गर्नुहोस्
439SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?