काठमाडौँ। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको कुल ११ हजार ८५८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ ।
इन्स्योरेन्स कम्पनीले यो शेयर कम्पनीकै हाल कायम रहेका संस्थापक शेयरधनीले मात्रै किन्न पाउनेछन् । सो शेयर किन्न इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय कमलादी, काठमाडौँमा निवेदन दिनुपर्नेछ ।
साथै, तोकिएको समयभित्र पर्याप्त निवेदन नपरेमा उक्त शेयर सर्वसाधारणलाई बेच्ने प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।






































