काठमाडौ । प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सले २ लाख ७४ हजार २०१ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।
इन्सुरेन्स कम्पनीले संस्थापक सेयरधनीहरुको नाममा रहेको उक्त शेयर विक्रिमा ल्याएको हो । यसमा कम्पनीका संस्थापक सेयरधनी सहित जोकोही व्यक्ति वा संघ संस्थाले आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इच्छुकले आज ९चैत ५ गते० बाट ७ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाइ आवेदन दिनु पर्नेछ ।
यसअघि विद्यमान संस्थापकहरुलाई सेयर बिक्री खुला गर्दा आवेदन नपरेको हुनाले कम्पनीले यसपटक सबैले आवेदन दिन मिल्ने गरि विक्रीमा ल्याएको हो ।





































