काठमाडौं । प्रभू महालक्ष्मी लाइफ इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सन्तोष प्रसाईंले पाएका छन् । प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले पदबाट राजीनामा दिएपछि वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत प्रसाईंलाई सञ्चालक समितिको बुधबारको बैठकले निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो ।
साबिक प्रभू लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच मर्जर भएर प्रभू महालक्ष्मी लाइफ इन्स्योरेन्स अस्तित्वमा आउनु अघि प्रसाईं प्रभू लाइफको प्रमुख कार्यकारी अधिकृत थिए ।
प्रभू महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा दिएर रमेश कुमार भट्टराई हिजो मात्रै बाहिरिएका थिए।
कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले भट्टराईको राजीनामा स्वीकृत पनि गरेको थियो ।






































