National life

प्रभू महालक्ष्मी लाइफले चुक्तापूँजीको १७ % हकप्रद सेयर निश्कासन गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ पुस २०८०, सोमबार
1.1kShares
प्रभू महालक्ष्मी लाइफले चुक्तापूँजीको १७ % हकप्रद सेयर निश्कासन गर्ने
ncell

काठमाण्डौ । प्रभू महालक्ष्मी लाइफ इन्स्योरेन्सले चुक्तापूँजीको १७ प्रतिशत हकप्रद सेयर निश्कासन गर्ने भएको छ ।

पुस १ गते साँझ ५ बजे बसेको सो कम्पनीको बोर्ड बैठकले बीमा प्राधिकरणबाट तोकिएको चुक्तापूँजीको न्यूनतम सीमासम्म पुग्न हाल कायम चुक्तापूँजीको १७ प्रतिशत हकप्रद सेयर निश्कासनको निर्णय गरेको हो ।

हाल यो कम्पनीको चुक्तापूँजी ४ अर्ब २९ करोड ६० लाख रुपैयाँ रहेको छ । बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरुको न्यूनतम चुक्तापूँजी ५ अर्ब रुपैयाँ हुनुपर्ने भनेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यही सीमालाई भेट्न कम्पनीले हकप्रद निश्कासनको निर्णय गरेको हो ।

प्रस्तावित हकप्रद बीमा प्राधिकरणबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि निश्कासन हुनेछ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?