काठमाडौं । गार्डीयन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चिरायु भण्डारीले पूर्ण प्रविधि मैत्री (फूल्ली डिजिटलाइज्ड) रुपमा काम गर्ने रणनीति लघु बीमाले अपनाएको र त्यसले ग्राहकहरुमा निकै सहजता छाएको बताएका छन् । आर्थिक भ्वाईससँगको कुराकानीमा भण्डारीले नागरिकहरुले मोवाइलबाटै बीमा पोलिसी खरिद गर्न सक्ने चरणमा आफूहरु प्रवेश गरेको बताएका हुन् ।
बीमा क्षेत्रमा लामो अनुभव हाँसिल गरेका उनले जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी तथा नेपाल पुनर्बीमा कम्पनीको सीईओसम्मको अनुभव हाँसिल गरिसकेका छन् । बीमा क्षेत्रको इतिहासको चर्चा गर्दा उनका कतिपय योगदानहरु पनि सँगसँगै जोडिएर आउँने गर्छन् ।
यस्तो छ लघु जीवन बीमा कम्पनीहरुको प्रोडक्ट
गार्डीयन माइक्रो लाइफका सीईओ भण्डारीले आर्थिक भ्वाईससँग भने,‘हाल हामीसँग दुईवटा बीमा योजनाहरु रहेका छन् । एउटा ‘टर्म इन्स्योरेन्स’ बीमा योजनाहरु हो भने अर्को ‘दीर्घायु बचत लघु जीवन बीमा योजना’ हो । तपाईहरुलाई थाहै छ नेपाल सरकारको लक्ष्य एवं नेपाल बीमा प्राधिकरणको उदेश्य अनुरुप न्यून आय भएका व्यक्ति, गरिबीको रेखामुनी रहेको वर्ग, विपन्न वर्ग, श्रमिक वर्ग लगायत नागरिकहरुलाई बीमा सेवा प्रदान गर्न बीमा ऐन २०७९ को अधिनमा रही नेपालको पहिलो लघु बीमा कम्पनीको रुपमा स्वीकृति प्राप्त गरी हामीले काम गरिरहेको अवस्था छ । हाल हामीले सर्व साधारणलाई सहज, सरल एवं छिटो, छरितो हुने किसिमले काम अघि बढाईरहेका छौं । त्यसको लागि ग्राहकहरुले गार्डियन माइक्रो एप्स तथा वेब साइटबाट सहजै बीमा गराउँदै आउँनु भएको अवस्था छ ।’
टर्म पोलिसी
हाल गार्डीयन लाइफ इन्स्योरेन्स कम्पनीले बेचिरहेको टर्म पोलिसी खरिद गर्दा ग्राहकरुले जम्म १ सय ३१ रुपैयाँ मात्रै बुझाउँनु पर्छ । उक्त रकम २५ वर्ष उमेर समूहका लागि तोकिएको हो भने सो भन्दा बढी उमेर समुहरुले बुझाउँनु पर्ने बीमा शुल्क केही बढी रहेको छ । कुनै पनि जीवन बीमा योजनामा जोखिम बढी भएको अवस्थामा समान्यता बीमाशुल्क पनि बढी हुने गर्छ । हाल गार्डीयन लाइफ इन्स्योरेन्स कम्पनीको टर्म इन्स्योरेन्समा पोलिसीमा पनि सोही नियम लागू हुन्छ । हाल टर्म इन्स्योरेन्स पोलिसीको बीमा गर्दा पाँच लाख रुपैयाँसम्मको बीमांक सुविधा दिइने व्यवस्था गरिएको छ । साथै, अन्य (मृत्यु लाभ) डेथ क्लेम भन्दा बाहेकका अन्य राइडरको सुविधा लिन ग्राहकहरुले बीमाशुल्क बढी बुझाउँनु पर्ने व्यवस्था गरिएको छ । उक्त बीमा पचास हजारदेखि पाँच लाख रुपैयाँसम्मको बीमांकका लागि गर्न सकिन्छ ।
दीर्घायू बचत योजना
हाल गार्डीयन लाइफ इन्स्योरेन्स कम्पनीले दीर्घायू बचत योजना पनि बिक्री वितरण गरिरहेको छ । कम्पनीको उक्त बचत योजनामा ग्राहकहरुले प्रति हजार पचास रुपैयाँका दरले ग्राहकहरुले लाभ प्राप्त गर्नसक्ने छन् । जम्मा पाँच हजार रुपैयाँमा एक लाख रुपैयाँसम्मको लाभ बीमितले पाउँन सक्नेछन् । हाल नेपाल बीमा प्राधिकरणले लघु जीवन बीमा कम्पनीहरुलाई अत्य ठूला कम्पनीहरुको जस्तो बोनशको प्रावधान नल्याएकाले पनि लघु जीवन बीमाले यस्तो लाभदायी रकम बीमितलाई दिने भएका हुन् ।
दीर्घायु बचत योजनामा जम्मा १० हजार रुपैयाँ बीमांक बराबरदेखि पाँच लाख रुपैयाँ बराबरको बीमांकको बीमा गर्न मिल्ने व्यवस्था रहेको छ । गार्डीयन लाइफका सीर्ईओ भण्डारीले आफ्नो बीमा योजनामा स–साना आय स्तर भएका, विपन्न नागरिकहरुदेखि श्रमजिवी, मजदुर, किसान तथा न्यून आय स्तर भएका नागरिकहरुलाई बीमामा समेटने योजना अघि बढाएको बताएका छन् ।





































