National life
cg eloctronics

प्राधिकरणद्धारा १९ बीमा कम्पनीको लेखापरीक्षण प्रतिवेदन स्वीकृत, लाभांश वितरणको बाटो खुल्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|१३ पुस २०८२, आइतबार
1.7kShares
प्राधिकरणद्धारा १९ बीमा कम्पनीको लेखापरीक्षण प्रतिवेदन स्वीकृत, लाभांश वितरणको बाटो खुल्यो
muktinatha bikash bank

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण सम्पन्न वित्तीय विवरण १९ वटा बीमा कम्पनीको स्वीकृत गरेको छ। स्वीकृत हुने कम्पनीहरूमध्ये १० वटा जीवन बीमा, ६ वटा निर्जीवन बीमा तथा ३ वटा लघु बीमा कम्पनी रहेका छन्।

बीमा ऐन, २०७९ अनुसार प्रत्येक बीमकले हरेक आर्थिक वर्षको लेखापरीक्षण भएको वासलात तथा नाफा–नोक्सान विवरण अर्को आर्थिक वर्षको ६ महिनाभित्र तोकिएको ढाँचामा नेपाल बीमा प्राधिकरणमा पेश गर्नुपर्ने कानुनी व्यवस्था छ। सोही प्रावधानअनुसार बीमकहरूबाट प्राप्त विवरणको अध्ययन तथा मूल्याङ्कनपछि प्राधिकरणले ती कम्पनीहरूको वित्तीय विवरण स्वीकृत गरेको जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

जीवन बीमा समूहअन्तर्गत सिटिजन लाइफ इस्योरेन्स कम्पनी लिमिटेड, नेपाल लाइफ इस्योरेन्स कम्पनी लिमिटेड, आईएमई लाइफ इस्योरेन्स कम्पनी लिमिटेड, सानिमा रिलायन्स लाइफ इस्योरेन्स लिमिटेड, नेशनल लाइफ इस्योरेन्स कम्पनी लिमिटेड, प्रभु महालक्ष्मी लाइफ इस्योरेन्स कम्पनी लिमिटेड, सन नेपाल लाइफ इस्योरेन्स कम्पनी लिमिटेड, रिलायबल नेपाल लाइफ इस्योरेन्स कम्पनी लिमिटेड, सूर्यज्योति लाइफ इस्योरेन्स कम्पनी लिमिटेड तथा एलआईसी (नेपाल) लिमिटेडको वित्तीय विवरण स्वीकृत भएको छ।

त्यसैगरी, निर्जीवन बीमातर्फ आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड, शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड, नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरणलाई प्राधिकरणले मान्यता दिएको छ।

लघु बीमातर्फ भने गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड तथा लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वित्तीय विवरण स्वीकृत भएको प्राधिकरणले जनाएको छ।

everest bank

हाल नेपाल बीमा प्राधिकरणबाट इजाजतपत्र प्राप्त गरी सञ्चालनमा रहेका बीमा कम्पनीको संख्या ३७ पुगेको छ। जसमा १४ वटा जीवन बीमा, १४ वटा निर्जीवन बीमा, ७ वटा लघु बीमा र २ वटा पुनर्बीमा कम्पनी सञ्चालनमा छन्। वित्तीय विवरण स्वीकृत भएसँगै ती कम्पनीहरूको लाभांश वितरण, वार्षिक साधारणसभा तथा अन्य नियामक प्रक्रिया अगाडि बढ्ने अपेक्षा गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.7kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?