काठमाडौँ। गत आर्थिक वर्ष जस्तै चालु आर्थिक वर्षमा पनि फाइनान्स कम्पनीहरुको कर्जा असुलीमा सुधार आउन नसकेको देखिएको छ। वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म फाइनान्स कम्पनीहरुको औसत निष्क्रिय कर्जा दर (एनपीएल) १३.३४ प्रतिशत पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिको एनपीएल १२.४८ प्रतिशत रहेको थियो।
हालका वित्तीय विवरण अनुसार कुनै फाइनान्स कम्पनीको एनपीएल अत्यन्त कम ३.५१ प्रतिशतमा सीमित भए पनि केहीको एनपीएल भने अत्यधिक बढेर ५५.२६ प्रतिशतसम्म पुगेको देखिन्छ। अत्यधिक एनपीएल भएका कम्पनी र न्यून एनपीएल भएका कम्पनीको गरी फाइनान्स कम्पनीहरुको औसत एनपीएल १३.३४ प्रतिशत कायम रहेको छ।
विज्ञहरुले एनपीएल वृद्धिका मुख्य कारणहरु आर्थिक गतिविधिमा सुस्तता, व्यवसायिक कर्जा प्रवाहमा कमजोरी र ऋणीहरुको नगद प्रवाह कमजोर हुनु बताउँछन्। साना र मध्यम व्यवसाय लक्षित फाइनान्स कम्पनीहरुमा जोखिम बढी देखिएको छ।
जानकी फाइनान्स सबैभन्दा बढी प्रभावित भएको छ, जसको एनपीएल ५५.२६ प्रतिशत पुगेको छ। गत वर्ष पुसमा यस कम्पनीको निष्क्रिय कर्जा दर ४०.८८ प्रतिशत थियो।
कुन फाइनान्स कम्पनीको एनपीएल कति ?
तालिका हेर्नुहोस्







































