काठमाडौँ । बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूलाई अबिलम्ब गोएएमएलमा दर्ता हुन सहकारी विभागले निर्देशन दिएको छ । सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ र सो अन्तर्गत बनेका नियमावलीको प्रभावकारी कार्यान्वयनका लागि विभागले सोमबार एक परिपत्र जारी गर्दै तत्काल गोएएमएलमा दर्ता हुन सहकारी संस्थालाई निर्देशन दिएको हो ।
हाल सहकारी संस्थालाई लक्षित गरेर सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी निर्देशन, २०७४ कार्यान्वयनमा छ । उक्त निर्देशनको दफा १९ र १० मा सीमा कारोबार प्रतिवेदन र शङ्कास्पद कारोबार प्रतिवेदन तोकिएको ढाँचामा नेपाल राष्ट्र बैङ्कको वित्तीय जानकारी इकाई ९एफआईयू० मा पठाउनुपर्ने हुन्छ ।
१० करोड रुपैयाँ भन्दा बढी रकमको कारोबार गरेका(बचत वा पुँजी भएका) बचत तथा ऋणको कार्य गर्ने सहकारी सङ्घरसंस्थाहरुलाई नेपाल राष्ट्र बैङ्कको वित्तीय जानकारी इकाई (एफआईयू) मा रहेको गोएएमएल सिस्टमको टेस्ट इन्भारोमेन्ट तथा प्रोडक्सन इन्भारोमेन्ट मा रजिष्टर्ड भइ वेवरएसएमएलमार्फत सीमा कारोबार प्रतिवेदन, शङ्कास्पद कारोबार प्रतिवेदन र शङ्कास्पद गतिविधि प्रतिवेदनका विवरणहरू प्रणालीमार्फत प्रेषित गर्न विभागले आदेश दिएको हो ।







































