National life
cg eloctronics

बीमकहरुलाई बीमितको नोमिनी पहिचानमा सकस,प्राधिकरण भन्छ–जोखिमांकन कडा हुनुपर्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ असार २०८१, सोमबार
1.7kShares
बीमकहरुलाई बीमितको नोमिनी पहिचानमा सकस,प्राधिकरण भन्छ–जोखिमांकन कडा हुनुपर्यो
muktinatha bikash bank

काठमाडौं । अहिले बीमा क्षेत्रमा नयाँ समस्या देखिएको छ । त्यस्तो समस्या भनेको बीमितहरुले आफ्नो सक्कली हकवाला (नोमिनी) को नाम नराख्दा यस क्षेत्रमा भित्री रुपमा समस्या खडा भएको हो।

हाल कुनै पनि बीमितले आफ्नी श्रीमतिको नाम राख्नुपर्ने ठाउँमा अन्य स्त्री वा प्रेमिकाको नाम राख्दा त्यसबाट समस्या सिर्जना भएको केही जीवन बीमाका कर्मचारीहरु बताउँछन् । त्यस्तो समस्याका बारेमा जीवन बीमा कम्पनीहर एक्लै मात्र दोषी नरहेको बीमा प्राधिकरण निकट कर्मचारीहरु बनाउँछन् । प्राधिकरणले बीमित र बीमा कम्पनीहरु दुवैले जतिसक्दो बीमाको कारोबारलाई राम्रो बनायो त्यति नै बजार व्यवस्थीत र मर्यादित हुने बीमा क्षेत्रका जानकारहरु बताउँछन् । हालसम्म बीमा कम्पनीहरुले बीमितलाई र बीमितहरुले बीमा कम्पनीहरुले यस्ता समस्याका लागि सहजै दोष थोपर्ने काम गर्दै आएको अवस्था छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

अहिले नेपाल बीमा प्राधिकरणले हकवाला तोक्ने अधिकार पूर्ण रुपमा सम्बन्धित बीमितलाई नै हुने भएकाले यसमा मुख्य जिम्मेवारी दिन बीमित समेत पछि हटन नहुने बताएको छ। यता प्राधिकरणका कर्मचारीहरुका अनुसार यस्ता घटना एकाध रुपमा देखिए पनि यो फाट्ट फुट्ट देखिएको समस्या भएकाले यसले हालसम्म कुनै विकराल रुप भनेको नलिएको बताएका छन् ।

विगतको भन्दा समस्या बढ्दो

अहिले आफ्नै मान्छेले छानेका नोमिनी,हकवालाहरुकै कारण उनका वास्तविक पीडामा परेका कतिपय परिवारहरुले बीमाबाट पाउने रकम हात पार्दैैनन्। त्यसैले अहिले एकाघर परिवारको सदस्यले मात्रै बीमितको हकवाला बस्न मिल्ने प्रावधान नेपाल बीमा प्राधिकरणले लागु गरेको अवस्था छ । नियम कानुन एक ठाउँमा भए पनि बीमकहरुले पैसा दिने कुरामा नभई बीमितको मनोविज्ञानमा नै आधारित भएको जस्तो देखिन्छ । यस हिसाबले हेर्दा बीमा गर्दा हकवाला राख्नै पर्छ तर ती हकवालको सन्दर्भमा आगामी दिनमा जो कोहीको बीमा गरेको भए पनि त्यस्तो अवस्थामा रियल भिक्टीभ वास्तविक हकवालाको हातमा समयमै रकम पुग्नु पर्ने कुरामा भने बीमा प्राधिकरण र बीमा कम्पनी पनि सकारात्मक देखिन्छन्।

everest bank

अहिलेसम्मको नियममा हेर्ने हो भने बीमा गराएका कोही पनि व्यक्तीले आफ्नो हकवाला तोक्दा त्यस्ता हकवाला व्यक्ती बीमा कम्पनी सामु उपस्थित हुनु पर्दैन । बीमा गर्न बीमित स्वयम मात्रै उपस्थित हुनुपर्ने र निजको हकवाला अमेरीका वा अष्ट्रेलिया जहाँ भए पनि त्यस्ता व्यक्तीको बीमा हुने प्रावान रहिआएको छ । यसरी हेर्दा नेपाल बीमा प्राधिकरणले पनि एकातिर नामै किटेर बीमित स्वमले गडबढी गर्यो भनेर पनि भन्न सक्दैन भने अर्कातिर सक्कली हकवालाले दाबी भुक्तानी नपाउँदा त्यसको पनि कानुनी उपचार गर्ने विशेष स्थान भने देखिदैन।

यसरी बीमा क्षेत्रमा नक्कली हकवालाहरुको नाम हावी हुँदा वास्तविक सरोकारवालाहरुले अधिकार पाउँनबाट बञ्चित हुनुपर्ने अवस्था सिर्जना विगतको भन्दा बढ्दै गएको अवस्था छ । अहिले एकै जना व्यक्तीले चार,पाँच करोड रुपियाँ प्रिमियमसम्मका बीमा गर्ने तर त्यस्ता बीमितको निधनपछि पनि उनका वास्तविक हकवालाहरु समस्यामा पर्ने थालेको बताएका छन् । त्यसरी पीडामा पर्दा एकातिर वास्तविक हकवालासँग आफ्ना घरमूली नरहने अवस्था रहेको छ भने अर्कातिर उनीहरुले आफूले पाउँनु पर्ने बीमांक रकम पाउँन मुस्किल हुन थालेको छ।

आगामी दिनमा डुप्लिकेट नोमिनी मौलाउने प्रवृत्ती हावी हुन नदिन बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरण र जीवन बीमा कम्पनीहरुले प्रभावकारी भूमिका खेल्नु पर्ने देखिन्छ ।

यो समाचार शेयर गर्नुहोस्
1.7kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?