National life

बीमालेख सुरक्षणमा दिइने कर्जाबारे स्पष्ट जानकारी दिन बीमा कम्पनीलाई निर्देशन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ भदौ २०८२, आइतबार
1.1kShares
बीमालेख सुरक्षणमा दिइने कर्जाबारे स्पष्ट जानकारी दिन बीमा कम्पनीलाई निर्देशन
ncell

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले बीमालेखको सुरक्षणमा दिइने कर्जासम्बन्धी जानकारी स्पष्ट र समयमा उपलब्ध गराउन बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ।

बीमा कम्पनीहरूले बीमितलाई कर्जा रकम, ब्याज गणना विधि, भुक्तानी समय–तालिका तथा भुक्तानी नगर्दा हुने परिणामबारे बुझिने गरी जानकारी नदिएको भन्ने गुनासा बढेपछि प्राधिकरणले यस्तो निर्देशन जारी गरेको हो।

प्राधिकरणले सोमबार सबै बीमा कम्पनीलाई पठाएको परिपत्रमा कर्जाको ब्याज भुक्तानी अवधि समाप्त हुनुभन्दा कम्तीमा ३० दिनअघि बीमितलाई एसएमएस, इमेल वा पत्रमार्फत अनिवार्य जानकारी दिन व्यवस्था गर्नरगराउन भनेको छ।

बीमा कम्पनीहरूले परिपक्व दाबी रकमबाट स्वतः कटौती गर्दा बीमित तथा हिताधिकारीलाई समस्या पर्ने भएकाले यस्तो कार्यपद्धति सुधार्न निर्देशन दिइएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साथै, प्राधिकरणले बीमालेख सुरक्षणमा दिइने ऋण तथा सोको ब्याज असुलीका लागि स्मरणपत्र वा सूचना दिनु बीमा कम्पनीहरूको कर्तव्य भएको स्मरण गराएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?