National life

बीमा अभिकर्ताका लागि नयाँ नियम: इजाजतपत्र नवीकरणमा न्यूनतम १% बीमालेख अनिवार्य

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|१६ मंसिर २०८२, मङ्गलबार
613Shares
बीमा अभिकर्ताका लागि नयाँ नियम: इजाजतपत्र नवीकरणमा न्यूनतम १% बीमालेख अनिवार्य
ncell

काठमाडौँ। जीवन बीमा अभिकर्ताले आफ्नो इजाजतपत्र नवीकरण गर्न कम्तीमा १ प्रतिशत बीमालेख नवीकरण भएको प्रमाण पेश गर्नुपर्ने भएको छ। नेपाल बीमा प्राधिकरणले जारी गरेको निर्णयअनुसार सबै बीमा कम्पनीहरूलाई सो सम्बन्धी निर्देशन पठाइएको छ।

प्राधिकरणका अनुसार, बीमा नियमावली, २०८१ को नियम ४३ को उपनियम (१) खण्ड (ख) अनुसार, एउटा बीमालेखमा नघट्ने गरी कम्तीमा १ प्रतिशत बीमालेख नवीकरण भएको प्रमाण अनिवार्य छ। साथै, बीमा अभिकर्ताले आईआरएमआईएस प्रणालीमा आफ्नो व्यक्तिगत विवरण (केवाईसी) स्पष्ट र बुझिने कागजातसहित अपलोड गरी अद्यावधिक गर्नुपर्नेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

इजाजतपत्र नवीकरणका लागि नियमावलीको अनुसूची–७ अनुसार नवीकरण दस्तुर १ हजार रुपैयाँ र नियमन दस्तुर ५०० रुपैयाँ, गरी जम्मा १ हजार ५०० रुपैयाँ मात्र लाग्ने बीमा प्राधिकरणले जनाएको छ।

विलम्ब शुल्क र स्वतः खारेज नियम

बीमा अभिकर्ताले इजाजतपत्रको म्याद भित्र नवीकरण गर्न नसके, म्याद सकिएको ३ महिनाभित्र अनुसूची–७ अनुसार विलम्ब शुल्क १ हजार रुपैयाँ भुक्तानी गरी निवेदन पेश गर्न सक्नेछन्। तर, म्याद सकिएको ३ महिनाभित्र नवीकरणका लागि निवेदन पेश नगरेका अभिकर्ताको इजाजतपत्र स्रोतः स्वतः खारेज हुनेछ । प्राधिकरणले यो निर्णय जीवन बीमा अभिकर्ताको जिम्मेवारी, नियमन पारदर्शिता र ग्राहक संरक्षण सुनिश्चित गर्ने उद्देश्यले गरिएको जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
613SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?