काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा जीवन बीमा क्षेत्रले उल्लेखनीय वृद्धि गरेको छ। असोज मसान्तसम्म संचालित १४ वटा जीवन बीमा कम्पनीहरूले जम्मा ४८ अर्ब ७९ करोड ९३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेका छन्। यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.२५ प्रतिशतले बढी हो।
सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्ने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा छ। कम्पनीले असोज मसान्तसम्म १३ अर्ब ३६ करोड ९२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्दै गत वर्षको तुलनामा १३.१८ प्रतिशत वृद्धि गरेको छ। दोस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्सले तीन महिनामा ५ अर्ब ५२ करोड ९४ लाख रुपैयाँ संकलन गरेको छ, जुन गत वर्षको तुलनामा १३.९८ प्रतिशत बढी हो।
तेस्रो स्थानमा रहेको एलआईसी नेपालले असोज मसान्तसम्म ४ अर्ब ९६ करोड २९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्दै ९.११ प्रतिशत वृद्धि गरेको छ। तर राष्ट्रिय जीवन बीमा कम्पनीले भने यस अवधिमा ४ अर्ब ५० करोड ४६ लाख रुपैयाँ मात्र संकलन गर्दै अघिल्लो वर्षको तुलनामा १.९१ प्रतिशत गिरावट देखाएको छ।
यसपटक हिमालयन लाइफ इन्स्योरेन्सले ३.७३ प्रतिशत, सूर्यज्योति लाइफले १८.७४ प्रतिशत, एशियन लाइफले १३.१६ प्रतिशत, सिटिजन्स लाइफले २८.७३ प्रतिशत, सानिमा रिलायन्स लाइफले १८.५२ प्रतिशत, मेट लाइफले १६.०८ प्रतिशत, आइएमई लाइफले ३१.९६ प्रतिशत, रिलायबल नेपाल लाइफले २७.४८ प्रतिशत, प्रभु महालक्ष्मी लाइफले १८.४७ प्रतिशत र सन नेपाल लाइफले ०.८९ प्रतिशत वृद्धि हासिल गरेका छन्।
| क्रम संख्या | कम्पनीको नाम | खुद बीमाशुल्क (असोज २०८२) | गत वर्षको खुद बीमाशुल्क (असोज २०८१) | वृद्धि/घट (%) |
|---|---|---|---|---|
| 1 | नेपाल लाइफ इन्स्योरेन्स | १३ अर्ब ३६ करोड ९२ लाख | ११ अर्ब ८१ करोड १९ लाख | १३.१८% |
| 2 | नेशनल लाइफ इन्स्योरेन्स | ५ अर्ब ५२ करोड ९४ लाख | ४ अर्ब ८५ करोड ११ लाख | १३.९८% |
| 3 | एलआईसी नेपाल | ४ अर्ब ९६ करोड २९ लाख | ४ अर्ब ५४ करोड ८४ लाख | ९.११% |
| 4 | राष्ट्रिय जीवन बीमा कम्पनी | ४ अर्ब ५० करोड ४६ लाख | ४ अर्ब ५९ करोड २१ लाख | -१.९१% |
| 5 | हिमालयन लाइफ इन्स्योरेन्स | ४ अर्ब ३२ करोड ५९ लाख | ४ अर्ब १७ करोड १ लाख | ३.७३% |
| 6 | सूर्यज्योति लाइफ इन्स्योरेन्स | २ अर्ब ९१ करोड ९५ लाख | २ अर्ब ४५ करोड ८७ लाख | १८.७४% |
| 7 | एशियन लाइफ इन्स्योरेन्स | २ अर्ब २८ करोड ४० लाख | २ अर्ब १ करोड ८४ लाख | १३.१६% |
| 8 | सिटिजन्स लाइफ इन्स्योरेन्स | २ अर्ब १२ करोड ६३ लाख | १ अर्ब ६५ करोड १७ लाख | २८.७३% |
| 9 | सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स | १ अर्ब ७८ करोड २१ लाख | १ अर्ब ५० करोड ३७ लाख | १८.५२% |
| 10 | मेट लाइफ इन्स्योरेन्स | १ अर्ब ५९ करोड ८२ लाख | १ अर्ब ३७ करोड ६८ लाख | १६.०८% |
| 11 | आइएमई लाइफ इन्स्योरेन्स | १ अर्ब ५३ करोड ६३ लाख | १ अर्ब १६ करोड ५२ लाख | ३१.९६% |
| 12 | रिलायबल नेपाल लाइफ इन्स्योरेन्स | १ अर्ब ४२ करोड ९४ लाख | १ अर्ब १२ करोड १३ लाख | २७.४८% |
| 13 | प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स | १ अर्ब ३८ करोड ९६ लाख | १ अर्ब १७ करोड २९ लाख | १८.४७% |
| 14 | सन नेपाल लाइफ इन्स्योरेन्स aarthikvoice | १ अर्ब ४ करोड १४ लाख | १ अर्ब ३ करोड २२ लाख | ०.८९% |





































