National life

बीमा क्षेत्रमा एउटा शिर्षक बुझ्न पनि प्राविधिक विश्लेषक नै चाहिन्छ: निर्देशक सुवेदी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ वैशाख २०८१, बिहिबार
605Shares
बीमा क्षेत्रमा एउटा शिर्षक बुझ्न पनि प्राविधिक विश्लेषक नै चाहिन्छ: निर्देशक सुवेदी
ncell

काठमाडौं । नेपाल बीमा प्राधिकरणका निर्देशक सशिलदेव सुवेदीले वित्तीय क्षेत्रमा बीमाको छुट्टै महत्व रहने स्पष्ट पारेका छन् । आर्थिक भ्वाईससँगको कुराकानीमा सुवेदीले बैंकको भन्दा धेरै र ठूला कोर विषयहरु बीमामा रहेको खुलाएका हुन् । उनले एउटा शिर्षकका लागि पनि बीमामा ठूलो प्राविधक चाहिने बताए ।

यस्तो छ निर्देशक सुवेदीको भनाई

बीमाको गभर्नेन्सको कुरा गर्दा बीमामा अन्य क्षेत्र भन्दा केही भिन्न पाइन्छ ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
नेपालमा वि.स.२०७० सालमा नै हामीले संस्थागत सुशासान जारी गरेका थियौ । त्यो नेपालकै पहिलो सुशासन सम्बन्धि निर्देशन पनि होला, साहेद । हामीले सीईओको अधिकारदेखि विभिन्न परिपाटीको परिकल्पना गर्दै आएका छौ ।

बीमा प्राधिकरणको निर्देशिकाले बीमा कम्पनी र बीमकको सम्बन्ध सुधार गर्ने मात्र नभई सुशासन कायम गर्न पनि मद्धत गर्छ । पारदर्शीता जति धेरै हुन्छ त्यति नै बीमा क्षेत्रमा सुशासन बढ्दै जान्छ । जति प्राविधिक पक्ष बलियो हुँदै जान्छ त्यति नै बीमा क्षेत्रका बीमितलो पाउँने सेवा पनि बलियो हुने रहेछ ।

अर्काको रिक्स बहन गर्नु पर्ने भएकाले बीमाले अल्लि धेरै अपजस खेप्नु परेको होला जस्तो मलाई हसेसा लाग्ने गर्छ । अहिले आर्थिक मन्दीले पनि देशभर प्रभाव पारेको अवस्था छ । व्यक्तीहरुले दात, भात, तरकारीलाई फोसक गर्नु पर्ने बाध्यातमक अवस्था सिर्जना हुँदा त्यसको असर बीमा क्षेत्रमा पनि परेको छ । हामीले त्यस्तो अवस्था कम गर्न बीमा कम्पनीहरुलाई जोखिम बहन गर्न समन्वय गरिरहेका छौं ।

नेपालमा दोयद अर्थतन्त्र छ । यहाँको शहरमा न्यूवर्क जस्तो एटीएम र क्यूवारकोड, फाइभ स्टार छन् फेरी गाउँमा आदिम कालको समाज जस्तो विपन्न नागरिकहरु छन् । यस्तो बिचमा बसेर हामीले पनि बीमा बेच्नु पर्ने भएकाले शहरमा बीमा खोजिन्छ गाउँ गाउँमा बेच्न जानुपर्छ ।

nic asia capital
बीमा कम्पनीले नाफा भन्दा पनि सेवा मूलक रुपमा काम गर्दै आएका छन् । अन्य व्यवसाय जस्तो बीमा व्यवसाय जस्तो नभई सेवा पनि हो । बीमा विश्वासले चल्ने एउटा करार हो । अहिले बीमा प्राधिकरणदेखि बीमा कम्पनीहरुको शाखाहरु प्रदेश प्रदेशमा हामीले खोलेको अवस्था छ । यसलाई हामीले बुझ्दा कार्यालय खुलेका कारण धेरै समस्याहरु पहिचान भएको छ । आगामी चरणमा हामीले बीमितको सुविधालाई असर नपर्ने गरी उपचार समेत गर्छौ ।

गाउँ गाउँमा बीमा बुझाउँन जाँदा हामीले पनि धेरै कुरा सिक्ने मौका पाएका छौ । त्यसले पनि होला आगामी दिनमा बीमाको महत्व बढ्दै जाने संभावनाहरु धेरै छन् । बीमाको महत्व बुझ्नेहरुले अहिले बीमा कपनीको फ्रन्ट डोरसम्म पुगेर अहिले नयाँ नयाँ प्रोडक्ट माग्नु भएको अवस्था छ । त्यसमा बीमा कम्पनीहरुले पनि गृहकार्य पनि गरिरहेका छन् । हामीले पनि सोही अनुसार काम गरिरहेको अवस्था छ ।

मार्केटको नियममा एउटाले अर्कोलाई उछिन्ने र निल्ने प्रयास गरेको हामीले पनि पाउँछौ । यो कुनै पनि बजारको नियम नै हो । पछिल्लो समय हामीले ल्याएका लघु बीमाले पनि बीमाको प्रचार प्रसारदेखि स साना जोखिम कभर गर्न सघाउँन थालेको अवस्था छ । बीमा कम्पनीहरुले बजारको अयाम बुझेर, प्राविधिक रुपमा ठिक भएर, सिरियस होमवर्क गरेमा, त्यही किसिमको जनशक्ती राखेर प्रोडक्ट बनाउँदा त्यस्ता प्रोडक्टले बजारको मागलाई सम्बोधन गर्छ । बजारीकरणका लागि मात्रै मान्छे थुापरेर त्यस्तैमा गठजोड गरेमा बीमा कम्पनीले बजारमा गुणस्तरीय प्रोडक्ट दिन सक्दैनन, यसमा सुधार हुनपर्छ । सबै बीमा कम्पनीहरुले दक्ष जनशक्तीलाई नै प्राथमिकता दिनुपर्छ । बीमा कम्पनीहरुले त्यस्ता प्रोडक्ट बुझ्ने मान्छे पनि आफ्नो कम्पनीमा प्राविधक मान्छे पनि राख्न जरुरी छ ।

 

 

 

 

यो समाचार शेयर गर्नुहोस्
605SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?