काठमाडौं । छिमेकी राष्ट्र भारतमा बीमाको दाबी-भुक्तानी (क्लेम परेपछि हुने हिसाब फरफार) को दर ९९ प्रतिशत हाराहारी रहेको छ । ठीक त्यही दर नेपाली बीमा बजारमा हेर्ने हो भने जम्मा ६० प्रतिशतको हाराहारीमा सिमित छ । उक्त अनुपातलाई लिएर नेपाल बीमा प्राधिकरणले नेपालको हकमा पनि दाबी-भुक्तानीको दर विगतको तुलनामा निकै सुधार हुँदै गएको बताएको हो ।
नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले आर्थिक भ्वाइससँगको कुराकानीमा भने,‘बीमा गरेपछि कोही बीमितको दाबी पर्न सक्छ फेरी कोहीको पर्दैन ।
जति मात्रामा हुनुपर्ने हो त्यो रेसियोमा भुक्तानी छैन
नेपाल बीमा प्राधिकरणको प्रवक्ता समेत रहेका पौडेलले थपे,‘जति मात्रामा दाबी भुक्तानी हुनुपर्ने हो त्यो रफ्तारमा चाही भएको छैन । अहिले हामीले हेर्दा करिब ७० कै हाराहारीमा दाबी फछ्र्यौट भएको देखिन्छ । यसमा सबैभन्दा महत्वपूर्ण कुरा भनेको स–साना क्लेम रहदा पनि बीमितलाई तुष रहनसक्छ । बीमितको बीमाशुल्क लिएपछि, प्रिमियम चार्ज गरेपछि बीमा कम्पनीहरुले बीमितलाई दिने पैसामा कुनै कन्जुस्याई गर्नु हुन्न ।’
भारतमा बीमाको एम्बुलेन्स सेवा
उनले भारतमा एम्बुलेन्स सेवा समेत संचलनमा रहेकाले दाबी भुक्तानीको गति छिटो छरितो हुनेमा कुनै दुईमत नरहने बताए । त्यस्तै, नेपालको हकमा भने बीमा कम्पनीहरुलाई आफूहरुले पटक पटक फास्ट ट्रयाकमा नै दाबी भुक्तानी गर्नु भन्ने निर्देशन दिएको उनले स्मरण गराउँन चाहे । कार्यकारी निर्देशक पौडेलले दाबी भुक्तानी ढिलो गर्ने नियत जुन कुनै कम्पनीले राखे पनि त्यसले समग्रमा बीमा व्यवसायमा माथि नै (व्याकफायर) ठूलो नकारात्मक प्रभाव गर्ने स्पष्ट पारेका छन् ।
कृषी बीमामा समस्या
वर्तमान समस्यमा नपत्याउँदो पाराले दाबी भुक्तानीमा समस्या सिर्जना भएको क्षेत्रमा कृषी बीमाको समेत नाम अग्र स्थानमा आउँन थालेको पौडेलको भनाई छ । उनले भने,‘सरकारबाटै कृषकलाई अनुदान दिएर बीमाको सेवा र पहुँच वृद्धिमा सहयोग पुर्याउने भनिए पनि तथ्यांकमा हेर्दा त्यस्तो छैन । कृषिमा अलि बढी नै दाबी भुक्तानी बाँकी रहेको अवस्था छ ।’
भारतको जस्तै बनाउँन, सुधारको उपाय के होला ?
सुधार गर्नकै लागि भनेर नेपाल बीमा प्राधिकरणले स–साना दाबी र ठूला दाबीको प्रकृति समेत छुट्याईसकेकोमा पौडेलले जोड दिएका छन् । त्यसको मतलब कतिपय साना दाबी भुक्तानी गर्न धेरै झन्झट सिर्जना नहोस् भनेर सर्भेयरबाट जोखिमांकन (अन्डरराईटिङ) गराउँनु पर्दैन । एक त सर्भेयरहरुले त्यस्तो व्यवस्थाले आफ्नो रोजीरोटी केहीहदसम्म भए पनि गुम्यो भनिरहेका छन् भने यता बीमा कम्पनीहरुलाई साना दाबी भुक्तानीका लागि आवश्यक अधिकार सुम्पिएको अवस्था छ । यस्तो अवस्थामा पनि मुख्य गरेर साना दाबीमा नै बढी समस्या हुने गरेको परिस्थिती रहदै आएको छ।
सोही सन्दर्भमा पौडेलले (राजधानी बाहिर) मोफसलमा परेका दाबी भुक्तानी अब सकेसम्म प्रदेशबाटै भुक्तानी गर्नु भन्ने पक्षमा आफुहरु पुगिसकेको र सोही अनुसार कार्य योजना र मार्ग निर्देशनहरु अघि बढेको पनि सुनाएका छन् । उनले अन्तिममा भारतको ९८,९९ प्रतिशत दाबी भुक्तानी हुँदा बाँकी रहेको एक, दुई प्रतिशत जुन समस्या छ त्यस्तो समस्या नेपालको हकमा भने अघि बढि रहेको पनि उदाहरण दिए ।
साथै, बीमा कम्पनी चल्ने एक मात्र अस्त्र विश्वास रहेको र जति छिटो दाबी भुक्तानी पाइन्छ भन्ने हुन्छ सोही अनुसार बीमा गराउँने नागरिकहरुको संख्या बढ्ने कुरा बीमा कम्पनीहरुले पनि भुल्न नहुने पौडेलले बताए । उनले बीमा मार्केटिङ गरेर भन्दा पनि स्वत बीमितको खोजी पर्ने बीमा कम्पनीहरुले विश्वासको अस्त्रलाई केन्द्रमा राखेर काम गर्नु पर्नेमा जोड दिए ।
नेपाली माटो परिवेश, यहाँको अन्य स्थितीहरुले पनि बीमामा धेरथोर प्रभाव पार्ने भएका सबै क्षेत्र सुधार र विकासको गतिमा जाँदा बीमा बजारले पनि दैनिक प्रगतिकै बाटो लिएको आशय बीमा प्राधिकरणका कार्यकारी निर्देशक पौडेलले व्यक्त गरेका छन् ।





































