National life

बीमा प्राधिकरणको भवनमा वैशाख १ गतेदेखि ईजलाश संचालन गरिने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ फागुन २०८१, बुधबार
380Shares
बीमा प्राधिकरणको भवनमा वैशाख १ गतेदेखि ईजलाश संचालन गरिने
ncell

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले आगामी २०८२ साल वैशाख १ गतेदेखि ललितपुरको कुपण्डोलस्थित प्राधिकरणको केन्द्रीय कार्यालय भवनमा बीमा दाबी सम्बन्धी उजूरीहरूको सुनुवाई गर्ने प्रयोजनका लागि ईजलाश संचालन गर्ने भएको छ ।

प्राधिकरण संचालक समितिको यही २०८१ साल फागुन २७ गते बसेको बैठकले मिति २०८२/०१/०१ गतेदेखि लागू हुने गरी प्राधिकरणमा दायर भएका बीमा दाबी सम्बन्धी उजुरीहरूको सुनुवाई गर्ने प्रयोजनको निम्ति प्राधिकरणको भवनमा ईजलाश संचालनका लागि भौतिक व्यवस्था तथा अन्य आवश्यक तयारी गर्न व्यवस्थापनलाई निर्देशन दिने निर्णय गरेको छ ।

यसैगरी, प्राधिकरण संचालक समितिको बैठकले प्राधिकरणमा दायर भएका बीमा दाबी उजुरीहरूको हकमा साप्ताहिक तथा अन्य पेशी सुची र निर्णयहरू प्राधिकरणको website मा प्रकाशन गर्न समेत व्यवस्थापनलाई निर्देशन दिने निर्णय गरेको छ ।

 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
380SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?