National life

बीमा प्राधिकरणको ५६औं वार्षिकोत्सवका अवसरमा प्रभातफेरी सम्पन्न,सबैको सुझाव सुन्छौं:सिलवाल

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३१ वैशाख २०८१, सोमबार
664Shares
बीमा प्राधिकरणको ५६औं वार्षिकोत्सवका अवसरमा प्रभातफेरी सम्पन्न,सबैको सुझाव सुन्छौं:सिलवाल
ncell

काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५६औं वार्षिकोत्सवका अवसरमा आज काठमाडौंमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ । काठमाडौंको भद्रकालीबाट विहान ७ बजे शुरू भएको प्रभातफेरी र्याली बीमा सम्बन्धी जानकारीमूलक सन्देशहरू अङ्कित ब्यानरहरू प्रदर्शन गर्दै सुन्धारा, एनएसी, रत्नपार्क हुँदै भृकृटीमण्डपमा पुगेर सभामा परिणत भएको हो ।

सभालाई सम्बोधन गर्दै बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले सबैको प्रयासमा सफलताका साथ अगाडि बढिरहेको बीमा बजारको भविष्य उज्ज्वल रहेको बताए । अध्यक्ष सिलवालले भने,“बीमा कम्पनीहरूले न्यून आय भएका र विपन्न बर्गलाई लक्षित गरी गाउँ गाउँमा सेवा विस्तार गर्नुपर्छ, नागरिकमा बीमा गर्ने बानी बसाल्न पहल गर्नुपर्छ, बीमा विश्वासिलो बजार हो, बीमा कम्पनीले कहिल्यै धोका दिँदैनन् भन्ने विश्वास स्थापित गर्नुपर्छ, कम्पनीहरूले आफूलाई परिमार्जन गरेर आफ्ना कामहरूका बारेमा आमरूपमा जानकारी गराउनुपर्छ ।”

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बीमा कम्पनीका राम्रा काममा प्राधिकरणको सधैं साथ र समर्थन रहने उल्लेख गर्दै अध्यक्ष सिलवालले निर्देशिका, मार्गदर्शन जारी गर्नुभन्दा अगाडि बीमकहरूको सुझाव लिने गरेकोमा जोड दिए । अध्यक्ष सिलवालले भने,“सरकारका नीति, रणनीति र पञ्चवर्षीय योजनामा बीमा प्रवद्र्धनका विषय समावेश हुनु आवश्यक छ, भूकम्प, बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोपहरूबाट सिर्जना हुने जोखिम विरूद्ध आर्थिक सुरक्षण गर्न पूर्वाधारहरू लगायत सबै सरकारी सम्पत्तिको बीमा गर्न सरकारबाट पहल हुने विश्वास छ ।”

नेपाल बीमा प्राधिकरणका संचालक समितिका सदस्य कपिल देव ओलीले प्राधिकरण, बीमक लगायत सम्बद्ध सबैको प्रयासमा बीमा व्यवसाय व्यवस्थित, विकसित र समृद्ध हुँदै अगाडि बढिरहेको बताए । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले ग्रामीण क्षेत्रसम्म बीमा सेवा विस्तार गर्न तथा न्यून आय भएका र विपन्न बर्गलाई बीमाको दायरामा ल्याउन जोड दिनुपर्ने आवश्यकता औंल्याएका छन् ।

कार्यक्रमको संचालन नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले गरेका थिए । प्रभातफेरी कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक लगायत कर्मचारहरूका साथै नेपाल बीमक संघ, नेपाल निर्जीवन बीमक संघ, बीमा सर्भेयर संघ र पेशागत बीमा अभिकर्ता संघका पदाधिकारीहरू, जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, लघु बीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू सहित कर्मचारीहरूको सहभागिता रहेको थियो ।

त्यस्तै, नेपाल बीमा प्राधिकरणको ५६ औं वार्षिकोत्सवका अवसरमा आयोजित खेलकूद प्रतियोगिता र बीमा सम्बन्धी निबन्ध प्रतियोगिताका विजयीहरूलाई आज पुरस्कार, प्रमाणपत्र, पदक र ट्रफी वितरण गरिएको छ । प्राधिकरणका अध्यक्ष सिलवालले प्राधिकरणका कर्मचारीहरूबीच भएको महिला र पुरूष तर्फका फूटबल प्रतियोगिताहरूमा विजयी खेलाडीहरूलाई पदक तथा ट्रफी वितरण गरेका छन् । अध्यक्ष सिलवालले सातवटै प्रदेशमा भएको बीमा सम्बन्धी निबन्ध प्रतियोगितामध्ये बागमती प्रदेशबाट प्रथम स्थान हासिल गरेका प्रतियोगीलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरे । सिलवालले प्राधिकरणमा २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरूलाई दोसल्ला ओढाई सम्मान  प्रदान गरेका हुन् ।

 

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
664SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?