काठमाडौं।आईएमई लाइफ इन्स्योरेन्सकी सिनियर एजेन्सी म्यानेजर हुन्,सीता घिमिरे गजुरेल । उनी विगत साढे २ वर्षदेखि सो कम्पनीमा आवद्ध छिन् भने उनले बीमा क्षेत्रको यात्रा सन् २००६ मा सुरु गरेकी थिइन् ।
बीमा क्षेत्रको पाइला आरम्भ गर्दा उनले एलिको (अमेरिकन लाइफ) मा सामान्य अभिकर्ताको रुपमा तालिम लिएर प्रवेश गरेकी थिइन। उनले काम गर्दा गर्दै जीवन बीमाको बोनस रेटमा फेरबदल भएको उनले सुनाएकी छिन् ।
सिनियर एजेन्सि म्यानेजर घिमिरेले आफू अभिर्ताबाट बिजनेश कोअडिनेटर बन्न सफल भएको किस्सा समेत सुनाएकी छिन् । सन् २००९ मा नेपाल लाइफ प्रवेश गरेकी उनले सोही कम्पनीबाट लामो व्यसायीक अनुभव समेत हाँसिल गर्न सफल भइन् ।
अहिले भने उनको यात्रा आइएमई तर्फ मोडिएको छ । उनले सन् २०२१ बाट आईएमई लाइफ इन्स्योरेन्समा आवद्ध भएको र यो घडीमा जीवनलाई फर्केर हेर्दा बीमा क्षेत्रले धेरै दिएको उनको अनुभव छ। यस्तो अनुभव पाउँनुको पछाडी आफ्नो सिनियर एजेन्सी म्यानेजरबाट आफू बढी प्रभावित भएको उनले स्मरण गरिन ।
त्यस्तै,आईएमई समूहमा चन्द्र ढकाल लगायत राम्रो घराना आवद्ध भएकाले उनलाई आईएमई समूह निकै प्रतिष्ठित घराना लाग्ने गर्छ । यस्तो ठूलो घराना र ठूला योजना समावेश भएको कम्पनीसँग जोडिन पाउँदा आफूलाई पनि निकै मोटिभेट मिलेको उनले सुनाइन ।

आफैले व्यक्तीगत रुपमा आँकलन गर्दा पनि आगामी दिनमा बीमितले पाउँने रकम पनि आईएमई लाइफमा थप राम्रो हुँदै जाने उनको विश्वास छ । विगतमा नेपाल लाइफमा एजेन्ट धेरै भएको भए पनि तर उनलाई आईएमई आउँदा सहयोगी साथीहरु मिलेको उनले खुशी हुँदै सुनाइन। उनले बीमा क्षेत्रको गरिमा मानिने महत्वपूर्ण अपाधि एमडीआरटी पनि सन् २०२२ मा प्राप्त गर्न सफल भइन ।
उनले हालसम्म करिब पाँच सय जनाको बीमा गराउँन सफल भइसकेकी छिन्। उनले बीमामा जोेडेकै कारण कैयौँ बीमितहरुको आर्थिक रक्षावरणमा ठूलो टेवा पुग्ने अनुमान गर्न सकिन्छ ।
पेशाप्रति लाग्ने धारणा
हाल उनले बीमा पेशालाई हृदयदेखि नै धन्यवाद दिन चाहेकी छिन् । अरुको अण्डरमा रहेका काम गर्नु नपर्ने अभिकर्ता पेशा उनलाई शानदार लाग्ने गर्छ । त्यसरी नै आफैले काम गर्दा आफैले मुनाफा हात पार्ने पक्ष पनि उनलाई मन पर्छ । यता नाम, दाम, सम्मान, इज्जत पाइने भएकाले उनलाई यो पेशाा अन्य पेशाहरुको तुलनामा निकै राम्रो लाग्ने गरेको छ ।
साथै, आगामी दिनमा नयाँ यूवाहरुलाई अभिकर्ता बन्न चाहेमा अझ बढी महिलाहरु घरमा बस्नु भन्दा कामलाई ठूलो सानो नमानि बीमा अभिकर्ता बन्न उनले सुझाव दिएकी छिन् ।
राज्यलाई कर तिरेर ह्वाईट मनी खान पाइने भएकाले यो पेशाको पनि अन्य ठूला व्यवसाय जस्तै महत्व रहने उनको बुझाई रहेको छ । उनले बीमा पेशामा जति जति आवद्ध हुँदै गयो त्यति नै यसको महत्वको बारेमा थाँहा हुँदै जाने पनि स्मरण गराएकी छिन् ।






































