काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बुद्धभूमि नेपाल हाइड्रोपावरले ५ लाख ६२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको यो खुद नाफा गत वर्षको भन्दा ४४.९० प्रतिशतले थोरै हो ।
गत वर्ष कम्पनीले १० लाख २० हजार रुपैयाँ नाफा कमाएको थियो ।
यसअवधिमा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी १२ करोड ७९ लाख रुपैयाँबाट घटेर १२ करोड २५ लाख रुपैयाँमा झरेको छ।
बुद्धभूमिको प्रतिसेयर आम्दानी ३४ पैसाबाट घटेर १९ पैसा कायम भएको छ। १ वर्षको अवधिमा कम्पनीको प्रशासनिक खर्च भने १ करोड ७१ लाख रुपैयाँबाट घटेर १ करोड ५१ लाख रुपैयाँमा झरेको छ ।
हाल यसको चुक्ता पुँजी ४० करोड रुपैयाँ छ । कम्पनीको रिटेन्ड अर्निङ ८ करोड ११ लाख रुपैयाँ ऋणात्मक रहेको छ । यसको प्रतिसेयर नेटवर्थ ८३ रुपैयाँ ०५ पैसा छ।
































