National life

बैंकमाथि नागरिकको भरोसा टुटे राज्य सफल बन्दैन : पूर्व अर्थमन्त्री कार्की

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ असार २०८२, शुक्रबार
576Shares
बैंकमाथि नागरिकको भरोसा टुटे राज्य सफल बन्दैन : पूर्व अर्थमन्त्री कार्की
ncell

काठमाडौँ । पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बैंकमाथि नागरिकको भरोसा टुटेको खण्डमा राज्य असफलताको मार्गमा लाग्ने बताएका छन् । आज काठमाडौँमा नेपाल वित्तीय संस्था कर्मचारी संघले आयोजना गरेको वित्तीय क्षेत्रका ट्रेड युनियन नेताहरूको लागि सामूहिक सौदाबाजी सीपहरू अभिवृद्धि तालिमको उद्घाटन सत्रमा बोल्दै उन उक्त कुरा उल्लेख गरेका हुन् ।

“बैंक र अदालतमाथि भरोसा टुट्यो भने राज्य असफलतातिर जान्छ,” नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका कार्कीले भने ।

पछिल्लो समय बैंकमा काम गर्ने कर्मचारीहरूले अपमान भोग्नु परेको स्मरण गराउँदै उनले त्यसका लागि सबै पक्ष जिम्मेवार रहेको समेत उल्लेख गरे ।

Royal Enfield
nic asia capital

“बैंकका कर्मचारीहरू अपमानित मात्र होइन, दण्डित हुने परिस्थिति बनेको छ,” उनले अगाडि भने, “यसका लागि हामी राजनीतिकर्मी, पत्रकार र नागरिक सबै जिम्मेवार छौं ।”

स्वतन्त्रताको दुरुपयोग गर्ने कार्यलाई बहादुरी ठान्ने भावना सबैतिर बढेको भन्दै उनले त्यसबारेमा गम्भीर बहस हुन आवश्यक रहेको पनि उनको भनाइ थियो । श्रमको सम्बन्ध राजनीतिक, सामाजिक र आर्थिक स्थायित्वसँग हुने बताउँदै उनले श्रमिकहरू विकासको आधारभूत तत्त्व रहेको जिकिर गरे । श्रमिक सम्पन्न नहुने ठाउँ कुनै पनि हालतमा समृद्ध बन्न नसक्ने उनको भनाइ थियो ।

“ट्रेड युनियन भनेको आन्दोलन मात्र गर्ने संस्था हो भन्ने भ्रम फैलिएको छ,” उनले अगाडि थप्दै भने, “तर तपाईंहरू सबैलाई थाहा छ । देशमा भएका ठूला परिवर्तन ट्रेड युनियनकै कारण सम्भव भएका हुन् ।

वित्तीय क्षेत्रमा विभिन्न समस्या रहेको उल्लेख गर्दै उनले ती समस्या अवगत गर्दै अघि बढ्नुपर्नेमा समेत जोड दिएका थिए ।

यस्तै कार्यक्रममा बोल्दै नेपाल ट्रेड युनियन कांग्रेसका पूर्व अध्यक्ष लक्ष्मण बहादुर बस्नेतले बैंकका कर्मचारीहरू सामाजिक सुरक्षा कोषमा सम्मिलित हुन आवश्यक रहेकोमा जोड दिए । सामाजिक सुरक्षामा कर्मचारीको योगदान करिब ३० प्रतिशतको हाराहारीमा रहेको उल्लेख गर्दै उनले नेताहरूका अगाडि कर्मचारीले याचना गर्नुको अर्थ नरहेको बताए ।

“जीडीपीको कुरा गर्नुहुन्छ भने त्यसमा कर्मचारीको २७ देखि ३० प्रतिशत योगदान रहेको हुन्छ । प्रतिनिधिसभामा पनि तपाईंको प्रतिनिधित्व सोही अनुपातमा हुन पर्छ कि पर्दैन ?” बस्नेतले प्रश्न गरे, “यहाँ आएर नेताहरूसँग किन याचना गर्नुहुन्छ ? आफूसँग सम्बन्धित विषयको निर्णय गर्ने कुरा किन नेताहरूलाई सुम्पनुहुन्छ ?”

यस्तै उनले सामाजिक सुरक्षा कोषमा धेरै श्रमिकहरू सम्मिलित हुँदा त्यसबाट लाभान्वित हुने समूह पनि ठूलो हुने र शुल्क पनि घट्ने राय राखे ।

दुई प्रतिशतको लाभ लिने चक्करमा सामाजिक सुरक्षा कोषबाट बाहिर बसेर युनियनको आन्दोलनलाई नटुक्राउन पनि उनले कर्मचारीहरूलाई सुझाव दिए ।

कार्यक्रममा बोल्ने क्रममा नेपाल वित्तीय संस्था कर्मचारी संघका उपाध्यक्ष शिवहरि भण्डारीले बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरूले पछिल्ला दिन धेरै प्रहारहरू सहनु परेको सुनाए । राजनीतिक दलका नेताहरूले नै बैंकका कर्मचारीलाई सामन्तीको दर्जा दिने प्रवृत्तिले आफूहरूलाई दुःखी बनाएको उनको भनाइ थियो ।

“कुनै समय बैंक र वित्तीय क्षेत्रमा काम गर्ने कर्मचारीलाई सम्मानित मानिन्थ्यो । तर अहिले राज्यले गर्ने व्यवहारले हामीलाई दुःखी तुल्याएको छ,” उनले थप्दै अगाडि भने, “झन् सामाजिक सुरक्षा कोषमा समावेश हुन आह्वान गर्दै गर्दा वित्तीय संस्थाका कर्मचारीले लिँदै आएको सेवासुविधालाई राज्यले खोस्ने प्रयास गरेको छ ।”

नेपाल वित्तीय संस्था कर्मचारी संघका कार्यवाहक अध्यक्ष परशुराम खनालको अध्यक्षता मा सम्पन्न कार्यक्रममा संघीय सांसद प्रतीमा गौतम, ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुँवर लागायतले आफ्नो धारणा राखेका थिए ।

यो समाचार शेयर गर्नुहोस्
576SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?