National life

बैंकर्स संघसँग भएको सहमति कार्यान्वयन गर्न भ्यालुयर्स एशोसिएशनको आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ साउन २०८२, बुधबार
567Shares
बैंकर्स संघसँग भएको सहमति कार्यान्वयन गर्न भ्यालुयर्स एशोसिएशनको आग्रह
ncell

काठमाडौं । नेपाल भ्यालुयर्स एशोसिएशनले नेपाल बैंकर्स संघसँग भएको सहमति कार्यान्वयन गर्न आग्रह गरेको छ ।

घर जग्गाको मूल्य र मूल्याङ्कन घटेकै आधारमा मूल्याङ्कनकर्ता इञ्जिनियरमाथि गरिएको कालोसूचीलगायत कारबाहीको सिफारिस फिर्ता लिन एशोसिएशनले आग्रह गरेको छ ।

एशोसिएशनका उपाध्यक्ष दिनेशकुमार पाठकका अनुसार नेपाल इन्भेस्टमेन्ट मेगा बैंकबीच विभिन्न मितिमा पत्राचार तथा छलफल हुँदासमेत मूल्याङ्कनकर्ताको समस्या समाधानमा गम्भीर नदेखिएको र समस्या अझै बढ्दै गएकोले पूर्ववत् सहमति कायम गर्न आग्रह गरिएको हो ।

अत्यधिक मात्रामा मूल्याङ्कनकर्ता सूचीकृत गर्ने तर काम नदिने परिपाटी अन्त्य गर्दै चक्रीय प्रणालीका आधारमा काम दिन र सूचीकृत मूल्याङ्कनकर्ताले कार्यादेश प्राप्त गर्ने सुनिश्चित गर्न सो बैंकलाई अनुरोध गरिएको छ ।

Royal Enfield
nic asia capital

एशोसिएशनद्वारा जारी मूल्याङ्कन परामर्श शुल्क तत्काल लागू गर्न निलम्बन फिर्ता लिन समेत अनुरोध गरिएको उपाध्यक्ष पाठकले जानकारी दिए ।

 

यो समाचार शेयर गर्नुहोस्
567SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?