National life

बैंकहरूले आर्थिक वर्ष सकिएको एक महिनाभित्र वित्तीय विवरण प्रकाशन गर्न पाउने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ साउन २०८२, बिहिबार
461Shares
बैंकहरूले आर्थिक वर्ष सकिएको एक महिनाभित्र वित्तीय विवरण प्रकाशन गर्न पाउने
ncell

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूले आर्थिक वर्ष सकिएको एक महिनाभित्रमा वित्तीय विवरण प्रकाशन हुने सुविधा पाएका छन् । नेपाल राष्ट बैंकले मौद्रिक नीतिमा आधारित सर्कुलर जारी गर्दै बैंक तथा वित्तीय संस्थाले चौथो त्रैमास सकिएको एक महिनासम्म वित्तीय विवरण प्रकाशन गर्न सक्ने सुविधा दिएको हो ।

यसअघि आर्थिक वर्ष समाप्त भएको २१ दिनभित्रमा प्रतिवेदन सार्वजनिक गर्नुपर्ने व्यवस्था थियो । साबिकको व्यवस्थामा थप ९ दिनको अतिरिक्त सुविधा दिइएको हो ।

Royal Enfield
nic asia capital

बैंक तथा वित्तीय संस्थाले एकीकृत वित्तीय प्रतिवेदन लगायत प्रमुख वित्तीय परिसूचकको अन्तरिम वित्तीय प्रतिवेदन (संक्षिप्त प्रतिवेदन) तोकिएको ढाँचामा हरेक त्रैमासको महिना व्यतित भएको मितिले १५ दिनभित्र कुनै एक राष्ट्रियस्तरको दैनिक पत्रिकामा अनिवार्य रूपमा प्रकाशित गरी सोको एक प्रति बैंक तथा वित्तीय संस्था नियमन विभाग र सम्बन्धित सुपरिवेक्षण विभागलाई समेत उपलब्ध गराउनुपर्ने व्यवस्था भएको छ । यसअघि १५ दिनको ठाउँमा ७ दिनभित्र यस्तो काम गरिसक्नुपर्ने व्यवस्था थियो ।

 

यो समाचार शेयर गर्नुहोस्
461SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?