National life
cg eloctronics

बैंकिंग प्रणालीमा थुप्रियो रकम, कर्जा प्रवाह भने घट्दो क्रममा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ असार २०८१, बिहिबार
543Shares
बैंकिंग प्रणालीमा थुप्रियो रकम, कर्जा प्रवाह भने घट्दो क्रममा
ncell

काठमाण्डौ । बैंकिङ प्रणाली अधिक तरलता भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सूचना अनुसार असार २४ गतेसम्म बैंकिङ प्रणालीको निक्षेप ६४ खर्ब ३३ अर्ब पुगेको छ । गत असार २३ गतेसम्म भने ६४ खर्ब २१ अर्बबराबरको निक्षेप थियो ।

बैंकिंग प्रणालीमा एकैदिनमा १२ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । कुल निक्षेपमा वाणिज्य बैंकहरुको निक्षेप ५७ खर्ब ५ अर्ब रुपैयाँ रहेको छ । असार २३ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ५६ खर्ब ९५ अर्ब रहेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अन्य वित्तीय संस्थाको निक्षेप पनि २ अर्बले बढेको सूचनामा उल्लेख छ । अन्य वित्तीय संस्थाको निक्षेप ७ खर्ब २८ अर्ब रुपैयाँ पुगेको छ । निक्षेप संकलनको अनुपातमा कर्जा प्रवाह भने निकै कम रहेको छ । असार २४ गतेसम्म बैंकिङ प्रणालीबाट ५१ खर्ब ५७ अर्बबराबरको कर्जा प्रवाह भएको छ । असार २३ गतेसम्म भने ५१ खर्ब ५४ अर्ब रुपैयाँबराबरको कर्जा प्रवाह भएको थियो ।

यस अवधिमा सीडी रेसियो भने निरन्तर घटिरहेको छ । सीडी रेसियो ७८.२४ प्रतिशतबाट घटेर ७८.१३ प्रतिशत कायम भएको छ । अन्तरबैंक ब्याजदर पनि औषत विन्दु ३ प्रतिशतबाट घटेर २.९३ प्रतिशतमा झरेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
543SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?