काठमाडौँ । पछिल्लो समय बैंकिङ निक्षेपमा वृद्धि देखिएको छ । नेपाल राष्ट्र बैंकको अनुसार असार ७ र ८ गते बैंकिङ्ग निक्षेपमा ७ अर्बको वृद्धि देखिएको हो।
राष्ट्रबैंकका अनुसार असार ७ गतेसम्म ७० खर्ब १९ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा अर्को दिन अर्थात् असार ८ गतेसम्म बढेर ७० खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ। यस्तै, सो समयमा वाणिज्य बैंकहरुको निक्षेपमा समेत ७ अर्बले नै बढेर ६२ खर्ब ८६ अर्ब रुपैयाँ पुगेको छ।
त्यस अवधिमा बैंकिङ्ग निक्षेपसँगै कर्जा प्रवाहमा समेत सामान्य वृद्धि देखिएको छ । असार ७ गतेसम्म बैंकिङ्ग प्रणालीबाट ५५ खर्ब ७१ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । अघिल्लो दिन ५५ खर्ब ७० अर्ब रुपैयाँ कर्जा प्रवाह भएको राष्ट्रबैंकको तथ्यांकमा उल्लेख छ ।
साथै, असार ७ गतेसम्म ४९ खर्ब ५० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरुले ८ गते ४९ खर्ब ५२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । भने अन्तर बैंक ब्याजदर २.९५ प्रतिशत रहेको छ ।


































