National life

बैंकिङ प्रणालीको निक्षेप संकलन ६२ खर्ब ८८ अर्ब , कर्जा प्रवाहमा वृद्धि

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ असार २०८१, आइतबार
495Shares
बैंकिङ प्रणालीको निक्षेप संकलन ६२ खर्ब ८८ अर्ब , कर्जा प्रवाहमा वृद्धि
ncell

काठमाण्डो । बैंकिङ प्रणालीको निक्षेप संकलन ६२ खर्ब ८८ अर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांकअनुसार असार १० गतेसम्म बैंकिङ प्रणालीमा ६२ खर्ब ८८ अर्ब रुपैयाँ निक्षेप संकलन भएको हो ।

असार ९ गतेसम्म पनि बैंकिङ प्रणालीमा ६२ खर्ब ८८ अर्ब रुपैयाँ नै निक्षेप संकलन रहेको थियो ।

वाणिज्य बैंकहरुको निक्षेप संकलन ५६ खर्ब ६८ अर्ब रुपैयाँ रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत असार ४ गतेसम्म पनि वाणिज्य बैंकहरुको निक्षेप संकलन ५६ खर्ब ६८ अर्ब रहेको थियो । अन्य वित्तीय संस्थाको निक्षेप संकलन पनि स्थिर नै रहेको छ । अन्य वित्तीय संस्थाको निक्षेप संकलन ७ खर्ब २० अर्ब रहेको छ ।

यो बिचमा बैंकिङ प्रणालीको कर्जा प्रवाह भने बढेको छ । गत असार ९ गतेसम्म ५१ खर्ब ३७ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा असार १० गतेसम्म भने ५१ खर्ब ४१ अर्ब रुपैयाँबराबरको कर्जा प्रवाह भएको छ ।

यो अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह पनि बढेको छ । वाणिज्य बैंकहरुको कर्जा प्रवाह ४ अर्ब रुपैयाँले बढ्दै ४५ खर्ब ४८ अर्ब रुपैयाँ पुगेको छ । असार ९ गतेसम्म ७९.५८ प्रतिशत रहेको सीडी रेसियो बढेर ७९.६५ प्रतिशत रहेको थियो ।

यस्तै अन्तर बैंक ब्याजदर पनि झिनो विन्दुले बढेको छ । अन्तर बैंक ब्याजदर २.९९ प्रतिशतबाट बढेर ३ प्रतिशत कायम भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
495SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?