National life

बैंक वित्तमा खराब ऋणीको सङ्ख्यामा लगातार वृद्धि, निजी क्षेत्रतर्फ मात्रै तीन खर्ब बढी कर्जा प्रवाह

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ जेठ २०८२, सोमबार
566Shares
बैंक वित्तमा खराब ऋणीको सङ्ख्यामा लगातार वृद्धि, निजी क्षेत्रतर्फ मात्रै तीन खर्ब बढी कर्जा प्रवाह
ncell

काठमाडौँ । पछिल्लो समय बैंक वित्तमा खराब ऋणीको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । केन्द्रीय बैंकको तथ्यांक अनुसार गत आवको तुलनामा चालु आवमा निष्क्रिय कर्जा अनुपातमा वृद्धि भएको छ ।

“बैंक तथा वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा अनुपात २०८१ चैतमा ५.२४ प्रतिशत पुगेको छ,” राष्ट्र बैंकका अनुसार निष्क्रिय कर्जा अनुपात गत चैतमा वाणिज्य बैंकहरुको ५.०५, विकास बैंकको ५.५६ र वित्त कम्पनीको १३.०४ प्रतिशत छ ।

Royal Enfield
nic asia capital
गत आर्थिक वर्षको सोही अवधिमा यो अनुपात वाणिज्य बैंकको ३.८९, विकास बैंकको ३.६३ र वित्त कम्पनीको १०.४० प्रतिशत थियो ।

गत आवको तुलनामा चालु आवमा कर्जा प्रवाह भने बढेको छ । चालु आवको गत चैत मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ रु तीन खर्ब ६१ अर्ब तीन करोड बराबर कर्जा प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा निजी क्षेत्रतर्फ रु दुई खर्ब २२ अर्ब २१ करोड कर्जा प्रवाह भएको थियो ।

त्यसैगरी, समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप रु तीन खर्ब ६८ अर्ब ४७ करोडले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा निक्षेप रु चार खर्ब नौ अर्ब ४ करोडले वृद्धि भएको थियो । बैंक तथा वित्तीय संस्थाको औसत आधार दर र निक्षेप तथा कर्जाको भारित औसत ब्याजदर घटेको छ । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुको औसत आधार दर २०८१ चैतमा ६.२९ प्रतिशतमा झरेको छ। अघिल्लो वर्षको सोही अवधि २०८० चैतमा ८.५१ प्रतिशत रहेको थियो ।

बैंक तथा वित्तीय संस्थाहरू बिचको भारित औसत अन्तरबैंक दर पनि घटेको छ । राष्ट्र बैंकका अनुसार २०८१ चैतमा तीन प्रतिशत रहेको छ । अघिल्लो वर्षको चैतमा भारित औसत अन्तरबैंक दर ३.१० प्रतिशत थियो । त्यसैगरी, २०८० चैतमा ६.५३ प्रतिशत रहेको वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर २०८१ चैतमा ४.४५ प्रतिशतमा झरेको छ।

त्यसैगरी २०८० चैतमा १०.५५ प्रतिशत रहेको वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर २०८१ चैतमा घटेर ८.२२ प्रतिशत कायम भएको छ। चालु आर्थिक वर्ष चैतसम्म बैंक तथा वित्तीय संस्थाको खराब कर्जा औसतमा ५.२४ प्रतिशत छ । उक्त अवधिमा बैंक तथा वित्तीय संस्थाले ५५ खर्ब ३५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
566SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?