National life

बैंक वित्तीय संस्थाले चौथो त्रैमासको रिपोर्ट अब ३० दिनभित्र प्रकाशन गर्दा हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ साउन २०८२, बिहिबार
490Shares
बैंक वित्तीय संस्थाले चौथो त्रैमासको रिपोर्ट अब ३० दिनभित्र प्रकाशन गर्दा हुने
ncell

काठमाडौँ । आर्थिक वर्ष समाप्त भएको २१ दिनभित्र वित्तीय विवरण प्रकाशन गर्नुपर्ने व्यवस्थामा फेरबदल गरिएको छ ।

अब बैंक तथा वित्तीय संस्थाहरूले आर्थिक वर्ष सकिएको (चौथो त्रैमासको) ३० दिनभित्रमा वित्तीय विवरण प्रकाशन गर्न पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा आधारित सर्कुलर जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरूका लागि समय अवधि थप गर्दै यस्तो सुविधा दिएको हो । यसअघि आर्थिक वर्ष समाप्त भएको २१ दिनभित्रमा प्रतिवेदन सार्वजनिक गर्नुपर्ने व्यवस्था थियो ।

Royal Enfield
nic asia capital

साथै,योसँगै, अब बैंक तथा वित्तीय संस्थाहरूले चौथो त्रैमासको अन्तरिम वित्तीय प्रतिवेदन (संक्षिप्त प्रतिवेदन) आर्थिक वर्ष समाप्त भएको ३० दिनभित्र प्रकाशन गरिसक्नुपर्नेछ।

बैंक तथा वित्तीय संस्थाले एकीकृत वित्तीय प्रतिवेदन लगायत प्रमुख वित्तीय परिसूचकहरूको अन्तरिम वित्तीय प्रतिवेदन (संक्षिप्त प्रतिवेदन) तोकिएको ढाँचामा हरेक त्रैमासको महिना व्यतीत भएको मितिले १५ दिनभित्र कुनै एक राष्ट्रिय स्तरको दैनिक पत्रिकामा अनिवार्य रूपमा प्रकाशित गरी सोको एक प्रति बैंक तथा वित्तीय संस्था नियमन विभाग र सम्बन्धित सुपरिवेक्षण विभागलाई समेत उपलब्ध गराउनुपर्ने व्यवस्था भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
490SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?