National life
cg eloctronics

बैंकिङ क्षेत्र सुधारका लागि समिति गठन ऐतिहासिक : सीबीफीन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० जेठ २०८२, शुक्रबार
465Shares
बैंकिङ क्षेत्र सुधारका लागि समिति गठन ऐतिहासिक : सीबीफीन
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रका वास्तविक समस्या पहिचान गरी समाधान खोज्न गठन गरेको सुझाव उपसमितिप्रति बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले समर्थन जनाएको छ। निजी क्षेत्रका प्रतिनिधि र विषयविज्ञ समेटेर राष्ट्रिय स्तरको उपसमिति गठन हुनु बैंक सुधारको दिशामा ऐतिहासिक कदम भएको परिसंघले जनाएको छ।

सिबिफिनले यस उपसमितिलाई राष्ट्र बैंकका गभर्नरको विशेष पहलको परिणामस्वरूप बनेको महत्त्वपूर्ण प्रयास मानेको छ। परिसंघका अनुसार बैंक सुधारको एजेन्डामा निजी क्षेत्रलाई औपचारिक रूपमा समेटेर रणनीतिक निर्णय प्रक्रिया अघि बढाइएको यो पहिलो पटक हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

"नीति समीक्षा, स्थलगत अध्ययन र दीर्घकालीन सुधार योजनाले बैंकिङ प्रणालीमा पारदर्शिता, उत्तरदायित्व र दिगोपनाको मार्ग खोल्ने विश्वास छ," सिबिफिनको विज्ञप्तिमा भनिएको छ।

सिबिफिनले उपसमितिको अध्ययन, छलफल र संवाद प्रक्रियामा पूर्ण सहयोग गर्ने र खोजमूलक सुझाव पेश गर्न तत्पर रहेको स्पष्ट पारेको छ। साथै, राष्ट्र बैंकले अघि सारेका दूरगामी योजनाको कार्यान्वयनमा सक्रिय साझेदार बन्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
465SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?