National life

भन्सार छली र अवैधानिक काम नहोस् भन्नेमा सतर्क रहन कर्मचारीहरुलाई अर्थमन्त्रीको निर्देशन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२८ साउन २०८०, आइतबार
493Shares
भन्सार छली र अवैधानिक काम नहोस् भन्नेमा सतर्क रहन कर्मचारीहरुलाई अर्थमन्त्रीको निर्देशन
ncell

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सारका कर्मचारीहरुलाई अवैधानिक काम नहोस् भन्नेमा सतर्क रहन निर्देशन दिएका छन् । अर्थमन्त्री महतले भन्सार विभागले आज आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै भन्सार छली र अवैधानिक काम नहोस् भन्नेमा सतर्क रहन कर्मचारीलाई निर्देशन दिएका हुन् ।

उनले एक अर्कालाई विश्वास गर्दै निगरानी पनि गर्न निर्देशन दिए ।

Royal Enfield
nic asia capital
उनले भने, ‘कार्यालय प्रमुख र अरु, एकअर्कालाई ‘ट्रष्ट बट चेक’ भन्याजस्तै त्यहाँभित्र पनि चेक एण्ड ब्यालेन्सको कुराहरु तपाईंहरुले गर्नुहोला ।’

उच्च मनोबलका साथ काम गर्न भन्सारका कर्मचारीहरुलाई निर्देशन दिँदै मन्त्री महतले भन्सार कार्यालयको स्तरवृद्धि र कर्मचारीहरुको क्षमता वृद्धिका लागि सरकारले पूरा सहयोग गर्ने बताए ।

उनले हरेक कार्यालयलाई एक्सन प्लान बनाएर काम गर्न पनि निर्देशन दिए । साना भन्सार कार्यालयका कर्मचारीहरुलाई आफूलाई सानो नठान्न पनि उनले आग्रह गरे ।

उनले भने, ‘तपाईंहरु गहन जिम्मेवारीमा हुनुहुन्छ । जेजे जिम्मेवारी दिएको छ उच्च सतर्कताका साथ काम गर्नुहोला ।’

 

यो समाचार शेयर गर्नुहोस्
493SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?