काठमाडौं । भारतिय निर्जीवन बीमा कम्पनीहरुले आफ्नो चौथो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेका छन् । ती कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय अवस्था अनुसार भारतमा निर्जीवन बीमा कम्पनीहरुले २ लाख ८९ हजार ७ सय ३८ करोड रुपैयाँ बराबरको व्यसाय गर्न सफल भएका हुन् ।
भारतिय संचार माध्यमका अनुसार उक्त रकम ४२ वटा जनरल इन्स्योरेन्स कम्पनीबाट संकलन भएको हो । आर्थिक वर्ष २०२३।२४ मा उनीहरुले अघिल्लो आर्थिक वर्षको तुलनामा १३ प्रतिशतले व्यवसाय वृद्धि गर्न सफल भएको आँकडा देखिन्छ ।
सो तथ्यांकमा भारतको जनरल इन्स्योरेन्स कम्पनीले प्रकाशित गरेको छ । सोही तथ्यांकलाई आधार बनाउँदा ३५ वटा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय भने १४ प्रतिशतले बढेको छ ।
उनीहरुले स्वास्थ्य बीमातर्फ मात्रै २६ प्रतिशतले प्रिमियम बढाउँन सफल भएका छन् । गत आर्थिक वर्षमा २६ हजार करोडमा सिमित रहेको सो शुल्क यसपालि भने ३३ हजार करोड पुग्न सफल भएको हो ।
त्यस्तै, कृषि बीमातर्फ उनीहरुले गत वर्ष भन्दा यसपालि २९ प्रतिशतले व्यवसाय वृद्धि गर्न सफल भएका छन् । गत वर्ष ११ हजार करोड प्रिमियम संकलन गरेका थिए भने यसपालि १५ हजार करोड प्रिमियम संकलन भएको तथ्यांकमा देखिन्छ ।
आगामी दिनमा उक्त संख्या बढ्दै जाने भारितय संचार माध्यमहरुले उल्लेख गरेका छन् ।






































