National life

भारतिय बीमा नियामक आईआरडीएले मनायो सिल्भर जुब्ली, बीमा मन्थन सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ वैशाख २०८१, मङ्गलबार
519Shares
भारतिय बीमा नियामक आईआरडीएले मनायो सिल्भर जुब्ली, बीमा मन्थन सम्पन्न
ncell

काठमाडौं । छिमेकी राष्ट्र भारतको बीमा नियमनकारी निकाय आईआरडीएले आफ्नो सिल्भर जुब्ली कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम सम्पन्न गर्दै नियमनकारी निकायले बीमालेख र जोखिम व्यवस्थापनको सन्दर्भमा नयाँ निर्णय समेत गरेको हो ।

केन्द्रिय कार्यालय मा सम्पन्न एक कार्यक्रममा भारतिय बीमा नियामकका अध्यक्ष देवासिस पन्तले सहभागीता जनाएका थिए । पन्तले आगामी आर्थिक वर्षलाई समेत लक्षित गर्दै बीमा क्षेत्रका सम्भावनाहरु माथि छलफल गरेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कार्यक्रमको कि फिचरको रुपमा बीमा योजनाहरुले आम नागरिकहरुको दुखमा साथ दिनु पर्ने र बीमाशुल्कको दर बजार मैत्री हुनुपर्ने विषयमा चर्चा गरेका थिए ।

उनले मुख्य कुरा भनेको बीमा गराउँने बीमित वा कुनै पनि पोलिसी खरिद गर्ने पोलिसी होल्डर मैत्री वाताबरण तयार गर्दै बीमामा विश्वास जगाउँने र पब्लिक कन्फिडेन्सलाई केन्द्रमा राखेर काम गर्नु पर्ने सुझाव दिएका थिए ।

सोही अवसरमा बीमाको पहुँच बढाउँने कुरामा अब भारतिय बीमा क्षेत्र निकै चनाखो हुने र छोटो समयमा धेरै जनाता माझ थु्रपै बीमा योजनाहरु लगिनेबारे चर्चा गरिएको थियो । बीमा आम नागरिकहरुले खरिद गर्न सक्ने किसिमको हुनुपर्ने र बीमाको दाबी भुक्तानी सकेसम्म फास्ट ट्रयाकमा गरिनु पर्ने बताइएको थियो । कार्यक्रममा सकेसम्म न्यून आए भएका नागरिकहरुलाई बीमाको पहुँचमा समेटन बीमाशुल्क घटाउनु पर्ने बारे पनि गहन छलफल सम्पन्न भएको थियो ।

यता नेपालमा भने भारतले अपनाएको बीमाशुल्कको दर हेरफरको नीतिले नेपालमा बीमाशुल्क निर्धारण कतिको प्रभावित हुने हो भन्ने विषयमा हाल नेपाली बीमा क्षेत्रमा पनि चर्चा परिचर्चा भइरहेको अवस्था छ । नेपालको बीमा नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणले भने बजारको माग अनुसार नै आफूहरुले त्यसमा सहजिकरण गर्ने बताएको छ । त्यसरी नै बीमा कम्पनीहरुको व्यवसायीक अवस्था र बिक्रीको अनुपातले पनि बीमाशुल्कको दर प्रभावित हुने नेपाल बीमा प्राधिकरणले जानकारी दिएको छ ।

नेपालमा पनि आगामी जेठ १ गते नेपाल बीमा प्राधिकरणले आफ्नो वार्षिकोत्सव मनाउँने तयारी गरि रहेको छ । बीमा प्राधिकरणको उक्त वार्षिकोत्सव भने ५६ औं वर्ष पुगेको उपलक्ष्यमा आयोजना हुन लागेको हो ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
519SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?