National life
cg eloctronics

भोलिदेखि सिटिजन्स सदाबहार योजना निष्कासनमा आउँने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ असार २०८२, बिहिबार
481Shares
भोलिदेखि सिटिजन्स सदाबहार योजना निष्कासनमा आउँने
muktinatha bikash bank

काठमाडौँ। सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने खुलामुखी योजना ‘सिटिजन्स सदाबहार योजना’ साउन १३ गते शुक्रवारदेखि सार्वजनिक निष्कासनमा आउने भएको छ ।

यस योजना अन्तर्गत प्रतिकित्ता १० रुपैयाँ अंकित मूल्यका दरले ५ करोड इकाई निष्कासनमा आउने भएको छ। जसमध्ये ७५ लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको कम्तीमा १५ प्रतिशत इकाई सिटिजन्स बैंकलाई सुरक्षित गरी बाँकी रहेको झण्डै ४ करोड २५ लाख इकाई सार्वजनिक निष्कासन गर्न लागिएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3

यस योजनामा आवेदन दिंदा घटीमा १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने बढीमा ५० लाख इकाईसम्मका लागि आवेदन दिन सकिनेछ। निष्कासन बन्द छिटोमा असार १७ गते र ढिलोमा असार २७ गते हुनेछ।

थप गरिएको बिक्री अवधिभर कम्तीमा २ करोड ५० लाख इकाईका लागि आवेदन नपरेमा योजना खारेज गरी आवेदकको रकम फिर्ता गरिनेछ। तर मागभन्दा बढी आवेदन परेमा २५ प्रतिशतसम्म इकाई थप अर्थात् ६ करोड २५ लाख इकाई कायम गरेर बाँडफाँड गरिनेछ।

everest bank

यस योजनाको कोष प्रवर्द्धकमा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड छ भने योजना व्यवस्थापक तथा डिपोजिटरीमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ। यसमा योजनाको अवधि वा परिपक्व अवधि लागू नहुने र बाँडफाँड भएको ३ महिनापछि खरिद–बिक्री गर्न सकिने जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
481SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?