काठमाडौं । सरकारले कृष्ण जन्मअष्टमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । हिन्दू धर्मावलम्बीको पर्व श्रीकृष्ण जन्माष्टमीको अवसरमा भोलि भदौ २० गते देशभर सार्वजनिक बिदा हुने भएको हाे ।
संसारभरका हिन्दु धर्मावलम्वी अनि श्री कृष्णका भक्तहरुले भगवान कृष्णको जन्मदिवस मनाउँदैछन् ।
यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष व्रत बसेर रातभर जाग्राम बस्ने प्रचलन छ ।
पाटनको कृष्ण मन्दिरमा ठूलो मेला लाग्ने गरे पनि यस वर्ष भने पूजा विधि मात्र गरिने भएको छ । बैंक, बीमा भने सिमित मात्रामा खुल्ने भएको छ ।
साथै, भोलि मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस पनि रहेको छ ।
































