National life

भौतिक उपस्थितिमा कार्यालय सञ्चालन गर्न बीमा कम्पनीलाई प्राधिकरणको निर्देशन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ भदौ २०८२, आइतबार
549Shares
भौतिक उपस्थितिमा कार्यालय सञ्चालन गर्न बीमा कम्पनीलाई प्राधिकरणको निर्देशन
ncell

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले भौतिक रूपमा उपस्थित भई पूर्ण रूपमा कार्यालय सञ्चालन गर्न सबै बीमा कम्पनीलाई निर्देशन दिएको छ। प्राधिकरणले आइतबार एक सूचना जारी गर्दै सम्पूर्ण बीमा कम्पनी र तिनका शाखा कार्यालयहरू पूर्ण रूपमा सञ्चालनमा ल्याउन आग्रह गरेको हो।

देशभर हालैका दिनमा जेनजी आन्दोलनका कारण अधिकांश बीमा कम्पनी बन्द थिए र कर्मचारीहरू घरबाट मात्र काम गर्दै थिए। तर नेपाली सेनाले कर्फ्यु र निषेधाज्ञामा खुकुलोपन ल्याएसँगै सामान्य अवस्था फर्किएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्राधिकरणद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “देशमा विगत केही दिनदेखि सिर्जित विषम परिस्थिति सामान्य बन्दै गइरहेको र सुरक्षा निकायहरूले कर्फ्यु तथा निषेधाज्ञालाई खुकुलो पार्दै लगेको हुनाले सम्पूर्ण बीमा कम्पनी र तिनका शाखा कार्यालयहरू आइतबारदेखि पूर्णरूपमा सञ्चालन गर्न र कर्मचारीहरूले भौतिक रूपमा उपस्थित भई कार्य गर्न अनुरोध गरिन्छ।”

प्राधिकरणको निर्देशनसँगै अब बीमा सेवाहरू पुनः नियमित रूपमा सञ्चालनमा फर्कने अपेक्षा गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
549SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?