National life
cg eloctronics

भ्रामक समाचार सम्प्रेषण भएको भन्दै नेपाल बैंकद्धारा भर्त्सना एवं गम्भीर ध्यानाकर्षण

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ जेठ २०८२, बिहिबार
706Shares
भ्रामक समाचार सम्प्रेषण भएको भन्दै नेपाल बैंकद्धारा भर्त्सना एवं गम्भीर ध्यानाकर्षण
muktinatha bikash bank

काठमाडौं । नेपाल बैंकले भ्रामक समाचार सम्प्रेषण भएको भन्दै भर्त्सना एवं गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

केही सञ्चार माध्यमहरूले नेपाल बैंकबाट आ.व.२०७४/७५ मा २० अर्ब ४० करोड १५ लाख रुपैयाँ गायब भएको भनी भन्दै प्रकाशन गरेको समाचार भ्रामक, झुटो र तथ्यहीन भएको भन्दै उक्त समाचारप्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

बैंकले नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन तथा प्रचलित नेपाल कानून बमोजिम आफ्नो हिसाबकिताब राख्दै आएको, नियामकीय निकायलाई बैंकको अनुपालनाका विषयमा पूर्ण जानकारी भएको र बैंकका लेखापरीक्षण भएका वित्तीय विवरणहरू त्रैमासिक तथा वार्षिक रूपमा समेत सबैको जानकारीको लागि सार्वजनिक गर्ने गरिएको जानकारी गराउँदै यस्ता भ्रामक समाचारहरूमा विश्वास नगर्न सम्बन्धित सबैमा आग्रह समेत गरेको छ ।

नेपाल बैंक लिमिटेड वित्तीय रूपमा सुदृढ रहनुको साथै नियामक निकायको नीति तथा निर्देशनहरू पूर्ण पालनामा प्रतिबद्ध रहेको तथ्य नेपाल सरकार, ग्राहकवर्ग, नियामक निकाय लगायत सम्पूर्ण सरोकारवालामा बैंकले विश्वस्त पारेको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
706SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?