National life

मंसिरसम्म जीवन बीमा कम्पनीको प्रिमियम संकलन ७६ अर्ब ९० करोड बढी, कुन कम्पनीको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|१३ पुस २०८२, आइतबार
1.1kShares
मंसिरसम्म जीवन बीमा कम्पनीको प्रिमियम संकलन ७६ अर्ब ९० करोड बढी, कुन कम्पनीको कति ?
ncell

काठमाडौं। चालु आर्थिक वर्षको मंसिर महिनासम्म नेपालमा सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरूले ७६ अर्ब ९० करोड ५६ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क (प्रिमियम) आर्जन गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार हाल सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीले उक्त रकम बराबरको प्रिमियम संकलन गरेका हुन्।

समीक्षा अवधिमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्दै अग्रस्थान कायम गरेको छ। कम्पनीले मंसिरसम्मको अवधिमा कुल २१ अर्ब ३७ करोड ४१ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ।

Royal Enfield
nic asia capital

दोस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ९ अर्ब २७ करोड २ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ भने एलआईसी (नेपाल) लिमिटेडले ८ अर्ब १८ करोड १० लाख रुपैयाँको प्रिमियम संकलन गर्दै तेस्रो स्थानमा रहेको छ।

त्यसैगरी, हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ६ अर्ब ९२ करोड ४३ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेको छ। सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ४ अर्ब ४७ करोड ९१ लाख रुपैयाँ र एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ३ अर्ब ७५ करोड १७ लाख रुपैयाँ बराबरको प्रिमियम आर्जन गरेका छन्।

प्राधिकरणका अनुसार जीवन बीमा क्षेत्रमा प्रिमियम संकलन क्रमशः बढ्दो क्रममा रहेको छ। बीमाको पहुँच विस्तार, नयाँ बीमा योजनाको सुरुवात र बीमा सचेतना वृद्धिका कारण जीवन बीमा कम्पनीहरूको व्यवसाय विस्तार हुँदै गएको देखिन्छ।

 

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?